गौरीगंगामा इजरायली प्रविधिमा आधारित एकीकृत कृषि फार्म सञ्चालनमा
धनगढी- कैलालीको गौरीगंगा नगरपालिकामा श्लोमो नेजर फिसरी, लाइभस्टक एन्ड इन्टिग्रेटेड एग्रिकल्चर फार्म सञ्चालनमा आएको छ। फार्मको औपचारिक उद्घाटन नेपालका लागि इजरायलका राजदूत शमुलिक एरी बासले गरेका छन्।
एक विशेष समारोहबीच भएको उद्घाटन कार्यक्रममा गौरीगंगा नगरपालिकाका नगर प्रमुख देवीदत्त कँडेल, उपप्रमुख भोजबहादुर बम, वडा नं. १ का अध्यक्ष डबल दियाकोटी, चौमाला बहुमुखी क्याम्पसका अध्यक्ष दिनेशराज जोशी, युवा व्यवसायी चक्र रावल, जनक मल्ल, नरेन्द्र स्मृति प्राथमिक विद्यालयका प्रधानाध्यापक प्रताप सिंह, उमेश जोशी लगायतको उपस्थिति थियो।
फार्ममा माछापालन, बाख्रापालन, कुखुरापालनसँगै विभिन्न कृषि उत्पादनसम्बन्धी गतिविधि सञ्चालन गरिने सञ्चालक किरण मल्लले जानकारी दिए।
कृषि, पशुपालन र मत्स्यपालनलाई एउटै प्रणालीमा जोडेर उपलब्ध स्रोतको अधिकतम उपयोग गर्ने अवधारणासहित फार्म स्थापना गरिएको मल्लले बताए। उनका अनु...





