Advertisement

Day: २०८३ भाद्र १९, शुक्रबार १७:०७

बझाङको थलिनौबिस क्षेत्रमा बिर्सती मेलाको रौनक, खेलकुदसँगै देउडा र राष्ट्रिय कलाकारको प्रस्तुति

बझाङको थलिनौबिस क्षेत्रमा बिर्सती मेलाको रौनक, खेलकुदसँगै देउडा र राष्ट्रिय कलाकारको प्रस्तुति

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका- ६ र दुर्गाथली गाउँपालिका-५ र ७ को मध्यबिन्दुमा लाग्ने ऐतिहासिक तथा धार्मिक बिर्सती मेलाको रौनक छाएको छ। प्रत्येक वर्ष भदौ १८ गतेदेखि सुरु हुने बिस्सती जात अर्थात् बिर्सती मेला अहिले थलिनौबिस क्षेत्रमा विशेष उल्लासका साथ मनाइँदैछ। भदौ १८ गते साँझ लेकगाउँ र दौलाको दैपाण अर्थात् देउघरमा पूजा-आराधना सुरु गरेपछि बिर्सती मेला प्रारम्भ भएको मानिन्छ। बिर्सती मेला कुनै तिथि वा पक्षका आधारमा नभई हरेक वर्ष भदौ १८, १९, २० र २१ गते मनाउने परम्परा रहेको स्थानीय बताउँछन्। सुदूरपश्चिमकै ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको बिर्सती मेला पुनर्मिलन र सामूहिक सामाजिक स्मृतिको वार्षिक पर्वका रूपमा समेत स्थापित रहेको स्थानीयको भनाइ छ। महालिङ्ग, दुर्गा देवी र पाठपाला देउताका आलिपालिका करिया तथा भक्तजनहरूले परापूर्वकालदेखि नै यो मेला मनाउँदै आएका छन्। मेलाको अवधि...
सुदूरपश्चिममा गौरा पर्वको उल्लास, आज अठवाली मनाइँदै

सुदूरपश्चिममा गौरा पर्वको उल्लास, आज अठवाली मनाइँदै

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिम प्रदेशमा परम्परागत तथा सांस्कृतिक पर्व गौरा मनाउने क्रम जारी छ। गौरा पर्वको मुख्य दिन मानिने अठवाली अर्थात् अष्टमी आज विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधिसहित मनाइँदैछ। गौरा पर्वका अवसरमा सुदूरपश्चिमका पहाडी जिल्लासहित तराईका विभिन्न क्षेत्रमा रहेका पहाडी समुदायमा चहलपहल बढेको छ। रोजगारी तथा अध्ययनका लागि बाहिर रहेका धेरै मानिस पर्व मनाउन गाउँ फर्किएपछि गाउँघरमा थप रौनक देखिएको छ। गौराको सुरुवात भदौ शुक्ल पञ्चमीका दिन बिरुडा भिजाएर गर्ने परम्परा छ। महिलाहरूले व्रत बसेर केराउ, गहत, गहुँ, मास र गुरौस लगायत पाँच प्रकारका अन्न मिसाएर बिरुडा भिजाउने गर्छन्। त्यसैले पञ्चमीलाई ‘बिरुडा पञ्चमी’का रूपमा समेत चिनिन्छ। षष्ठीका दिन भिजाइएको बिरुडा धारा, पोखरी वा तलाउमा लगेर धुने तथा सप्तमीका दिन गौरा देवीलाई मठमन्दिरमा भित्र्याएर पूजा गर्ने चलन छ। विवाहित महिलाले यस अवसरमा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज