Advertisement

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

Advertisement

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७, खोरीस्थित खोलापारी कृषक समूहका लागि ५ दिने गोलभेडा प्रशोधन तथा सस (चट्नी) बनाउने तालिम प्रदान गरिएको छ।
छबिसपाथिभेरा गाउँपालिका तथा जलवायु परिवर्तन स्थानीय अनुकूल परियोजना (एलएसिसि) को संयुक्त आयोजनामा सो ५ दिने तालिम प्रदान गरिएको हो ।
असार ३१ गतेदेखि साउन ३ गतेसम्म सञ्चालन गरिएको तालिममा समुहका पदाधिकारीलाई स्थानीय रूपमा उत्पादित गोलभेडालाई प्रशोधन गरी बजारमा बिक्रीयोग्य तथा गुणस्तरीय वस्तुमा रूपान्तरण गर्ने व्यावहारिक तथा प्राविधिक सीप हासिल गरेका परियोजना जलस्रोत प्राविधिक दलबहादुर कठायतले जानकारी दिए।
तालिममा स्थानीय १८ जना महिला र २ जना पुरुष गरी २० जना सहभागी भएका थिए। सहभागीहरूले
तालिमका क्रममा गोलभेडा प्रशोधन, सस तथा चट्नी निर्माणलगायतका विषयमा प्रयोगात्मक ज्ञान तथा सीप प्रदान गरिएको थियो। स्थानीय उत्पादनलाई कच्चा पदार्थका रूपमा मात्र बिक्री गर्नुको सट्टा प्रशोधन गरी थप मूल्य प्राप्त गर्न सकिने भएकाले तालिमले कृषक समुदायमा उद्यमशीलताको सम्भावना बढाउने अपेक्षा गरिएको छ।
सहभागीहरूले तालिमबाट आफूहरू उत्साहित भएको बताउँदै यसले उत्पादनपछिको क्षति न्यूनीकरण गर्न, स्थानीय गोलभेडाको मूल्य अभिवृद्धि गर्न तथा समूहका सदस्यहरूका लागि नयाँ आयआर्जन र रोजगारीका अवसर सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज