Advertisement

भक्तपुरमा प्रथम कर्णाली फुटसल कप हुँदै, विजेतालाई ५५ हजार ५५५ रुपैयाँ पुरस्कार

Advertisement

धनगढी- कर्णाली र सुदूरपश्चिम प्रदेशका खेलाडी तथा खेल प्रतिभालाई लक्षित गर्दै भक्तपुरमा ‘प्रथम कर्णाली फुटसल कप २०८३’ आयोजना हुने भएको छ।
नेपाल अर्गानिक घरको मुख्य प्रायोजनमा प्रतियोगिता आगामी साउन १६ र १७ गते मध्यपुर थिमीस्थित याल फुटसलमा आयोजना हुने आयोजकले जनाएको छ।
प्रतियोगिता साउन १६ गते बिहान ७ बजेदेखि सुरु हुनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेश घर भई हाल काठमाडौं उपत्यकामा रहेका खेलाडी तथा फुटसल क्लबलाई लक्षित गरी प्रतियोगिता आयोजना गर्न लागिएको हो।
प्रतियोगिताको विजेता टोलीले नगद ५५ हजार ५५५ रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै, उपविजेता टोलीले २५ हजार ५५५ रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी हुने टोलीका लागि ५ हजार ५५५ रुपैयाँ दर्ता शुल्क तोकिएको छ। टिम दर्ता तथा प्रतियोगितासम्बन्धी जानकारीका लागि संगम शाहीको ९८४३८६२५६२, स्वदेश शाहीको ९८६५१३८४१५ र भुवन शाहीको ९८६९४६६६८१ नम्बरमा सम्पर्क गर्न सकिनेछ।
आयोजकका अनुसार प्रतियोगिता खेलकुदमा प्रतिस्पर्धा गराउने मात्र नभई कर्णाली र सुदूरपश्चिम प्रदेशका युवाबीच आपसी एकता, भाइचारा र सद्भाव कायम गर्दै सामाजिक तथा भावनात्मक सम्बन्धलाई थप मजबुत बनाउने माध्यम बन्ने अपेक्षा गरिएको छ।
काठमाडौं उपत्यकामा रहेका कर्णाली र सुदूरपश्चिमका युवाहरूलाई एउटै खेलकुद मञ्चमा जोडेर आपसी चिनजान, सहकार्य र सम्बन्ध विस्तार गर्न प्रतियोगिता आयोजना गर्नलागेको आयोजकको भनाइ छ।
आयोजकले कर्णाली र सुदूरपश्चिम प्रदेशबाट काठमाडौं उपत्यकामा आएर बसोबास गरिरहेका खेलाडी, फुटसल क्लब तथा खेलप्रेमीलाई प्रतियोगितामा सक्रिय सहभागिता जनाई कार्यक्रम सफल बनाउन आग्रह गरेको छ।
मोफसलमा रहेका खेल प्रतिभालाई अवसर प्रदान गर्नुका साथै खेलकुदमार्फत दुई प्रदेशका युवाबीच एकता र भाइचाराको भावना विकास हुनेछ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज