Advertisement

प्रधानमन्त्री शाहको सचिवालयमा २७ जना नियुक्त, दुई सल्लाहकारलाई मन्त्रीसरह सुविधा

Advertisement

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो सचिवालयमा २७ जनालाई नियुक्त गरेको खुलेको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला) ले सोधेको लिखित प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सचिवालयमा गरिएको नियुक्तिको विवरण सार्वजनिक गरेको हो।

प्रधानमन्त्रीको सचिवालयमा नियुक्त भएकामध्ये मुख्य सल्लाहकार कुमार बेन र राजनीतिक सल्लाहकार असिम शाहलाई नेपाल सरकारको मन्त्रीसरह सेवासुविधा दिइएको छ। त्यस्तै, नीति, प्रशासन तथा सुशासन सल्लाहकार र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार गरी दुई जनाले राज्यमन्त्रीसरह सेवा–सुविधा पाउने व्यवस्था गरिएको छ।

मन्त्री तथा राज्यमन्त्रीसरह सेवासुविधा पाउने सचिवालयका सदस्यलाई प्रधानमन्त्री कार्यालयले गाडी र चालक सुविधासमेत उपलब्ध गराउने गरेको छ।

सांसद थपलियाले प्रधानमन्त्रीको सचिवालयमा कति जना कुन तह र स्तरको सेवासुविधासहित कुन कानुनअन्तर्गत नियुक्त भएका छन् भन्ने प्रश्न गरेकी थिइन्। जवाफमा प्रधानमन्त्री कार्यालयले सल्लाहकारतर्फ मन्त्रीसरह सुविधा पाउने गरी दुई जना र राज्यमन्त्रीसरह सुविधा पाउने गरी दुई जनाको नियुक्ति भएको जनाएको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्रीको सचिवालयमा अधिकतम ४८ जनासम्म राख्न सकिने व्यवस्था रहेको छ। यद्यपि, सचिवालयमा भएको नियुक्तिका कारण राज्यकोषमा पर्ने आर्थिक भार र प्रधानमन्त्रीको सचिवालयले प्रयोग गर्ने गाडीको संख्याबारे भने जवाफ नदिइएको भन्दै सांसद थपलियाले असन्तुष्टि जनाएकी छन्।

यसैबीच, प्रधानमन्त्री शाहले मन्त्रीहरूलाई समेत सल्लाहकार तथा सचिवालयमा १३ जनासम्म नियुक्त गर्न पाउने गरी दरबन्दी स्वीकृत गराएको जनाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा २७ जनालाई नियुक्ति दिएका शाहले मन्त्रीहरूलाई पनि १३ जनासम्म सल्लाहकार तथा सचिवालय सदस्य राख्न पाउने व्यवस्था गरेका हुन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज