Advertisement

बाजुराका बीर्खबहादुरले विमान कुर्दाकुर्दै प्राण त्यागे

Advertisement

बाजुराका एक जनाको विमान कुर्दाकुर्दै ज्यान गएको छ। जिल्लाको पूर्वी–उत्तर क्षेत्रमा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उच्च रक्तचापका बिरामी बीर्खबहादुर कार्कीको मृत्यु भएको हो। मुगु खत्याड गाउँपालिकाका वडा नम्बर ११ का ६० वर्षीया कार्कीको उच्च रक्तचापका कारण मृत्यु भएको कोल्टी प्राथमिक स्वास्थ्य कार्यालयले जनाएको छ।

कार्की लामो समयदेखि उच्च रक्तचापको बिरामी थिए। गत मंगलवार उनलाई नेपालगञ्ज रिफर गरिएको थियो। तर सडक बन्द भएकाले उनका आफन्तले विमानमा लैजाने योजना बनाएका थिए। तर उनले विमान कुर्दाकुर्दै राति १२ः३० बजे प्राण त्यागेका छन्। 

विज्ञापन

cp

कार्कीलाई ६ दिनदेखि खत्याड गाउँपालिकाको रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्दा पनि निको नभएपछि उनका आफन्तले गत मंगलवार कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएको थियो। उच्च रक्तचापका बिरामी कार्कीलाई लामो समय टाउको दुख्ने, चक्कर लाग्ने, बान्ता हुनेजस्ता लक्षण देखिएकाले टाउकोमा रगत जमेको हुन सक्ने शङ्काले सिटीस्क्यानका लागि नेपालगञ्ज रिफर गरिएको थियो। मौसम खराबीका कारण विमान पनि आउन नसक्दा मध्यराति उनको ज्यान गएको हो। 

बिरामी हुँदा समयमै सुविधा सम्पन्न अस्पतालमा लान सक्दा जेठदेखि साउनसम्म बाजुराका ६ जनाले ज्यान गुमाएका छन्। कार्कीजस्तै तीन जना प्रेसर अर्थात उच्च रक्तचाप र एक जना लडेर घाइते भएको र दुई जना आन्द्राको समस्या भएकाले ज्यान गुमाएका छन्। 

विज्ञापन

Sonalika

कोल्टीदेखि नेपालगञ्जसम्मको हवाइ उडान समय ३० देखि ३५ मिनेटको छ। समयमै विमान आइदिएको भए कार्कीलाई समयमै सुविधा सम्पन्न अस्पतालमा पुगाएपछि बचाउन सकिने आफन्तहरुले बताएका छन्।  (दिनेश खबरबाट)

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज