Advertisement

पाँचौँ काव्य म्युजिक अवार्ड २०८३ को प्रमुख निर्णायकमा गायिका निरुता खत्री

Advertisement

चुल्ठिमा रिबनको डोरी, मुन्टा लाउन्या काटा,
आउँदा जादा डिठ पणन्छे साइका सुत्न्या कोठा..
यस्तै गीतबाट हजारौँ स्रोता-दर्शकको मन जितेकी चर्चित देउडा गायिका निरुता खत्री पाँचौँ काव्य म्युजिक अवार्ड २०८३ को प्रमुख निर्णायक (Chief Jury) मा चयन भएकी छन्।
अछामको ढकारी गाउँपालिका–२ मा जन्मिएकी निरुता खत्रीको यात्रा सामान्य कलाकारको मात्र होइन, संघर्षलाई सफलतामा रूपान्तरण गर्ने प्रेरणादायी कथा पनि हो।
विद्यालय जीवनमै उनी खेलकुदमा अब्बल थिइन्। कक्षा ६ देखि १२ सम्म राष्ट्रपतिको रनिङ शिल्ड तथा क्षेत्रीयस्तरका भलिबल प्रतियोगितामा सहभागिता जनाएकी उनले दौड, कबड्डी, सटपुट, भाला फ्याँक लगायतका विभिन्न खेलमा पनि आफ्नो क्षमता देखाएकी थिइन्। खेलप्रति गहिरो लगाव भए पनि समयसँगै उनको जीवनले नयाँ मोड लियो।
एसएलसीपछि आधारभूत पत्रकारिता तालिम लिएर उनी रेडियो क्षेत्रमा प्रवेश गरिन्। रेडियो आरजेका रूपमा सोसाइटी एफएम अछाम र डोटी एफएममा देउडा कार्यक्रम सञ्चालन गर्दै श्रोतासँग प्रत्यक्ष दोहोरी खेल्न थालेकी निरुता विस्तारै गायनतर्फ आकर्षित भइन्।
“श्रोतासँग देउडा खेल्दै जाँदा मलाई पनि गीत गाउन सक्छु भन्ने आत्मविश्वास बढ्दै गयो,” उनी सम्झिन्छिन्।
रेडियोमा कार्यरत रहँदा एक साताको बिदा लिएर काठमाडौं पुगेकी निरुताले पहिलोपटक ‘कस्तो माया बस्यो नि’ गीत रेकर्ड गरिन्। यही गीतसँगै सुरु भएको उनको सांगीतिक यात्रा आज देश–विदेशसम्म फैलिएको छ।
उनका ‘चुल्ठिमा रिबन’, ‘बसेइ प्यारी जान्छु बम्मै’, ‘अछाम डौठे गडा’, ‘उडिगै डालिका मैना’, ‘सारी बनारसकी’, ‘मेरा बलाता गाउँ’, ‘जिन्स पाइन्ट लाउदी’, ‘रामारोसन ताल’, ‘जुम्ला आउने दोबाटो’ लगायत दर्जनौँ गीत लोकप्रिय छन्।
विशेषगरी,
“जा घरको समाचार लैया, माल जान्या काग, परदेशी हुँ, परदेशै छु, परदेश मेरा भाग…”
जस्ता मार्मिक शब्दहरूले विदेशिएका नेपालीको मन छोएको छ। यही गीतले उनलाई देश तथा विदेशमा अझ व्यापक रूपमा चिनाएको मानिन्छ।
हालसम्म ७०० भन्दा बढी देउडा गीतमा स्वर दिइसकेकी निरुताले कतार, दुबई, कोरिया, भारत लगायत विभिन्न देशका मञ्चमा आफ्नो प्रस्तुति दिइसकेकी छन्।
उनले NIM अवार्ड, जीवन्त नेपाल म्युजिक अवार्ड, रारा राष्ट्रिय म्युजिक अवार्ड, विशाल लुम्बिनी लोकदोहोरी अवार्ड, सुप अवार्ड २०८१, B-Star Film Music Award लगायत विभिन्न राष्ट्रिय सम्मान तथा पुरस्कार प्राप्त गरेकी छन्। साथै नागरिक सम्मान, राष्ट्रिय कलाकार सम्मान २०२५ लगायतका प्रतिष्ठित सम्मानबाट पनि विभूषित भइसकेकी छन्।
निरुताको जीवनमा संघर्षको पाटो पनि उत्तिकै गहिरो छ। सामान्य परिवारमा जन्मिएकी उनी कक्षा ८ मा पढ्दै गर्दा आमालाई पक्षाघात भएपछि परिवारको जिम्मेवारी वहन गर्न बाध्य भइन्। आर्थिक अभाव र पारिवारिक चुनौतीबीच पनि उनले आफ्नो सपना छोडिनन्।
“आमाको अभाव मेट्न र परिवारको साथ दिन मैले निरन्तर गीत लेख्ने र गाउने काम गरिरहेँ,” उनी भन्छिन्।
देउडा संगीतको संरक्षण र प्रवर्द्धनमा सक्रिय निरुता युवा पुस्तामा देउडाप्रतिको आकर्षण बढेको देख्छिन्। परम्परागत लयलाई आधुनिक प्रस्तुतिसँग जोड्दा देउडाको भविष्य अझ उज्ज्वल बन्ने उनको विश्वास छ।
खेल मैदानबाट सुरु भएको यात्रा, रेडियोको माइक्रोफोन हुँदै आज अन्तर्राष्ट्रिय मञ्च र संगीत क्षेत्रको प्रतिष्ठित स्थानसम्म पुगेकी निरुता खत्रीको कथा संघर्ष, आत्मविश्वास र सफलताको अनुपम उदाहरण बनेको छ। पाँचौँ काव्य म्युजिक अवार्ड २०८३ को प्रमुख निर्णायकको जिम्मेवारीले उनको सांगीतिक योगदानलाई थप उचाइ दिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा नरोक्न सर्वोच्च अदालतको आदेश

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा नरोक्न सर्वोच्च अदालतको आदेश

काठमाण्डौ- सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र नभएका व्यक्तिलाई नागरिकता प्रमाणपत्रलगायतका अन्य परिचय खुल्ने कागजातका आधारमा बैकि...
दुर्घटनामा गम्भीर घाइते भट्टको करिब ९ लाख रुपैयाँको उपचार माया मेट्रो अस्पतालले गरिदियो

दुर्घटनामा गम्भीर घाइते भट्टको करिब ९ लाख रुपैयाँको उपचार माया मेट्रो अस्पतालले गरिदियो

धनगढी । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ का २७ वर्षीय दीपक भट्टको धनगढी...
अपाङ्गता भएकी आशिकालाई विप्लव नेता मल्लद्वारा ह्विलचेयर वितरण

अपाङ्गता भएकी आशिकालाई विप्लव नेता मल्लद्वारा ह्विलचेयर वितरण

धनगढी- बझाङको थलारा गाउँपालिका–३ दिपिलकी १४ वर्षीया आशिका बिकलाई ह्विलचेयर वितरण गरिएको छ। शारीरिक अपाङ्गता भएकी आशिकालाई नेकपा व...
काठमाडौंको बौद्ध-जोरपाटीमा रोज एक्सप्रेस कार्गो, कार्गोदेखि हवाई टिकट र सवारी सेवासम्म

काठमाडौंको बौद्ध-जोरपाटीमा रोज एक्सप्रेस कार्गो, कार्गोदेखि हवाई टिकट र सवारी सेवासम्म

धनगढी- काठमाडौंको बौद्ध- जोरपाटी क्षेत्रमा विभिन्न प्रकारका सेवा एकै स्थानबाट उपलब्ध गराउनेगरि रोज एक्सप्रेस कार्गो सञ्चालनमा आएको...

अछामका दीपक साउँद एमाले केन्द्रीय सदस्य, लिए शपथ

अछामका दीपक साउँद एमाले केन्द्रीय सदस्य, लिए शपथ

धनगढी- नेकपा (एमाले) अछामका नेता दीपक साउँदले पार्टीको केन्द्रीय कमिटी सदस्यको शपथ लिएका छन्। एमालेको विधानको धारा ६० को उपधारा...
२५ वर्षकी गुमाको शंकास्पद मृत्यु : श्रीमान सहित अन्य प्रहरी नियन्त्रणमा

२५ वर्षकी गुमाको शंकास्पद मृत्यु : श्रीमान सहित अन्य प्रहरी नियन्त्रणमा

धनगढी : धनगढी उपमहानगरपालिका–१९ की २५ वर्षीया गुमादेवी जोशीको शंकास्पद मृत्यु भएको भन्दै माइती पक्षले निष्पक्ष छानबिन गरी दोषीमाथि...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज