Advertisement

प्रधानमन्त्री बालेनको निर्देशनले बढायो सरकारी खर्च, प्रतिस्पर्धात्मक मिडियाको अस्तित्व संकटमा

Advertisement

कैलाली : सार्वजनिक खरिद प्रणालीलाई पारदर्शी, प्रतिस्पर्धात्मक र लागत प्रभावकारी बनाउने उद्देश्यसहित लागू गरिएको ऐन कानुन माथी नै यतिबेला प्रश्न उठिरहेका छन । सरकारी निकायहरूबाट प्रकाशित हुने सार्वजनिक खरिदसम्बन्धी सूचनाहरू सीमित माध्यममा केन्द्रित गर्दै राज्यको खर्च उल्लेखनीय रूपमा बढेको देखिएको छ ।

सार्वजनिक खरिद ऐन, २०६३ र त्यसको नियमावलीले स्पष्ट रूपमा बोलपत्र आह्वानसम्बन्धी सूचना राष्ट्रियस्तरका क वर्गका दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने व्यवस्था गरेको छ । सार्वजनिक खरिद ऐन मा क वर्गको राष्ट्रिय दैनिक भनेपछि त्यसमा सरकारि र गैरसरकारी दुइटै पत्रीकाहरु समावेश हुन्छन् । तर भर्खरै गठन भएको नयाँ सरकारले भने सरकारी निकायका सूचना केवल सरकारी स्वामित्वको गोरखापत्र संस्थान मार्फत मात्र प्रकाशित गर्न लिखित निर्देशन दिइएको छ । यसले कानुनको मूल मर्ममाथि प्रत्यक्ष प्रश्न उठाउँछ । केही वर्षअघिसम्म सूचना प्रकाशनमा निजी मिडियाबीच कडा प्रतिस्पर्धा थियो । नागरिक दैनिक, नयाँ पत्रिका, मध्यान्ह राष्ट्रिय दैनिकलगायत पत्रिकाहरूबीच प्रतिस्पर्धा हुँदा सूचना प्रकाशन दर उल्लेखनीय रूपमा कम रहन्थ्यो । प्रतिसिसी १२०० रुपैयाँ सामान्य दर थियो भने कतिपय अवस्थामा प्रतिसिसी ९०० रुपैयाँसम्ममा समेत सूचना प्रकाशित भएको प्रमाणहरू रहेका छन् । तर अहिले प्रतिस्पर्धा हटेसँगै बजार दर बढेर प्रतिसिसी १६०० रुपैयाँभन्दा माथि पुगेको छ ।

यसको प्रत्यक्ष असर सरकारी खर्चमा देखिएको छ । औसत रूपमा एउटा सार्वजनिक सूचना कम्तीमा ७० सिसीको हुन्छ भने बढिमा २५० सिसि सम्मका हुन्छन् । अहिलेको दरअनुसार, एउटै सूचनामा ७० सिसी × १६०० = १,१२,००० रुपैयाँ खर्च भइरहेको छ । यो सानो सुचनाको हकमा मात्र हो अझै ठूलो सुचनाको खर्च भार निकै हुन जान्छ । प्रतिस्पर्धात्मक अवस्थामा यो खर्च केवल ८४,००० रुपैयाँ मात्र हुन्थ्यो । यदि पहिलेको ९०० रुपैयाँ प्रतिसिसी दरसँग तुलना गरियो भने, वर्तमान अवस्थामा ४९,००० रुपैयाँसम्मको अतिरिक्त भार देखिन्छ । देशभरका सरकारी निकायबाट प्रकाशित हुने सयौं सूचना यसरी हिसाब गर्दा राज्यको खर्च करोडौँ रुपैयाँसम्म पुगेको अनुमान गर्न सकिन्छ ।

सूचनाहरू एउटै माध्यममा थुप्रिँदा गोरखापत्र संस्थानले ८ पृष्ठ बाट ३६ पृष्ठसम्म निकाल्नुपरेको छ । पृष्ठको संख्या अझै बढ्ने देखिन्छ । पृष्ठ विस्तारसँगै कागज, छपाइ र वितरण खर्च सबै बढेको छ, जसले सूचना प्रकाशनलाई अझ महँगो बनाएको छ ।

यसले  सरकारी खर्च बढाएको मात्र नबढाइ निजी मिडिया बजारलाई समेत प्रत्यक्ष असर गरेको छ । सूचना प्रकाशनबाट हुने आम्दानी निजी पत्रिकाहरूका लागि महत्वपूर्ण आयश्रोत हो । प्रतिस्पर्धा घट्दा उनीहरूको आर्थिक आधार कमजोर भएको छ भने बजार विविधता पनि घट्दै गएको छ । निजि मिडियामा काम गरिरहेका र निजि मिडियाले रोजगारी दिइरहेका कयौं श्रमजीवी पत्रकारहरुको रोजगारी समेत खोसिने अवस्थामा पुगेको छ । यसरी एउटै संस्थामा सूचना केन्द्रित गर्दा एकाधिकारको प्रवृत्ति बलियो बनेको छ । यसले कानुन र व्यवहारबीच स्पष्ट अन्तर देखिएको छ । सार्वजनिक खरिद प्रणालीको उद्देश्य खुला प्रतिस्पर्धा, पारदर्शिता र लागत नियन्त्रण हो तर व्यवहारमा सूचना प्रकाशनमा विकल्प एउटै हुँदा प्रतिस्पर्धा समाप्त भएको छ र कानुनको मर्म निष्प्रभावी भएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज