Advertisement

अमेरिका-इरान युद्धविरामपछि तेलको मूल्य घट्यो

Advertisement

अमेरिका र इरानबीच दुई साताको सर्तसहित युद्धविराम सहमति भएपछि विश्वबजारमा तेलको मूल्य उल्लेखनीय रूपमा घटेको छ भने शेयर बजारमा सुधार देखिएको छ । उक्त सहमतिमा महत्त्वपूर्ण होर्मुज जलडमरु पुनः सञ्चालन गर्ने व्यवस्था समावेश छ ।

ब्रेन्ट क्रुड (कच्चा तेल)को मूल्य करिब १५.९ प्रतिशत घटेर प्रतिब्यारेल ९२.३० डलरमा पुगेको छ भने अमेरिकी तेलको मूल्य पनि झन्डै १६.५ प्रतिशत घटेर ९३.८० डलरमा झरेको छ । यद्यपि, २८ फेब्रुअरीमा द्वन्द्व सुरु हुनुअघि रहेको करिब ७० डलरको स्तरभन्दा मूल्य अझै उच्च छ ।

इरानले जलडमरु प्रयोग गर्ने जहाजमाथि आक्रमण गर्ने चेतावनी दिएपछि मध्यपूर्वबाट तेल तथा ग्यास आपूर्ति प्रभावित भएको थियो, जसका कारण ऊर्जा मूल्य बढेको थियो ।

युद्धविरामको खबरसँगै एसिया–प्रशान्त क्षेत्रका शेयर बजारमा वृद्धि देखिएको छ । जापानको निक्केई २२५ सूचकांक ४.५ प्रतिशतले बढेको छ भने अस्ट्रेलियाको एएसएक्स २०० सूचकांक २.५ प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानसँगको सहमतिअनुसार दुई सातासम्म आक्रमण स्थगित गर्ने बताएका छन् । इरानका विदेशमन्त्री अब्बास अराघचीले पनि इरानमाथि आक्रमण रोकिए युद्धविराम मान्य हुने र होर्मुज जलडमरु सुरक्षित रूपमा सञ्चालन गर्न सकिने बताएका छन् । –एजेन्सीको सहयोगमा

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज