Advertisement

सुदूरपश्चिममा १६ लाखभन्दा बढी पुस्तक वितरणको तयारी, ढुवानी तीव्र

Advertisement

धनगढी- सुदूरपश्चिम प्रदेशमा आगामी शैक्षिकसत्र २०८३ का लागि पाठ्यपुस्तक बिक्रीवितरण कार्य तीव्र रूपमा अगाडि बढाइएको छ। प्रादेशिक कार्यालयका अनुसार स्थानीय पुस्तक बिक्रेतामार्फत वितरण भइरहेको छ भने हालसम्म करिब रु ३ करोड ७४ लाख ७० हजार बराबरको कारोबार भइसकेको छ।
कार्यालय प्रमुख निर्मल कुमार यादवका अनुसार बाजुरा, दार्चुला, अछाम र बझाङ लगायत पहाडी जिल्लामा पुस्तक ढुवानी सम्पन्न भइसकेको छ। चैत ३० गतेभित्र प्रदेशका सबै नौ जिल्लामा पुस्तक पुर्‍याउने लक्ष्य राखिएको छ। दुर्गम क्षेत्रमा समेत ढुवानीलाई तीव्रता दिइएको र शैक्षिकसत्र सुरु हुनुअघि नै सबै स्थानमा पुस्तक पुग्ने विश्वास व्यक्त गरिएको छ।
केन्द्रले आगामी वर्षका लागि करिब साढे १६ लाख थान पाठ्यपुस्तक वितरण गर्ने लक्ष्य लिएको छ। हाल कक्षा ३, ५ तथा ६ देखि १२ सम्मका पुस्तक बिक्रीवितरण भइरहेका छन्।
चालु शैक्षिकसत्रमा सुदूरपश्चिम प्रदेशमा १६ लाख २९ हजार २६३ थान पुस्तक बिक्री भई करिब रु २१ करोड ९३ लाखभन्दा बढीको कारोबार भएको जनाइएको छ। समयमै आपूर्ति सुनिश्चित गर्न ढुवानी तथा वितरण कार्यलाई प्राथमिकतामा राखिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
बझाङमा ट्याक्टर दुर्घटना, चालकसहित ६ जना घाइते

बझाङमा ट्याक्टर दुर्घटना, चालकसहित ६ जना घाइते

बझाङ- जयपृथ्वी नगरपालिका–११ सिमभाडीमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। भोपुरबाट चैनपुरतर्फ आउँदै गरेको सुदू...
महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारूको शव फेला

महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारूको शव फेला

कञ्चनपुरको महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असई सागरराज थारूको शव पाँच दिनपछि फेला परेको छ। असोज २४ गते चुँडिएको नेप...
सुदूरपश्चिममा बजेटप्रति असन्तुष्टि, एमालेका प्रदेशसभा सदस्य थापाद्वारा राजीनामा

सुदूरपश्चिममा बजेटप्रति असन्तुष्टि, एमालेका प्रदेशसभा सदस्य थापाद्वारा राजीनामा

धनगढी - सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै नेकपा (एमाले) का प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री वीरबहादु...
भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन

भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन

काठमाण्डौ- गएको भदौ १० गते रसुवा–केरुङ क्षेत्रमा आएको विनाशकारी बाढीअघि लाङटाङ लिरुङ हिमालको उत्तरी भिरमा ४० सेन्टिमिटरसम्म भू–विस...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज