Advertisement

पन्जाब किङ्सको लगातार दोस्रो जित, चेन्नई ५ विकेटले पराजित

Advertisement

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा पन्जाब किङ्सले चेन्नई सुपर किङ्सलाई ५ विकेटले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ।
२१० रनको लक्ष्य पछ्याएको पन्जाबले १८.४ ओभरमा ५ विकेट गुमाएर सहज जित निकालेको हो। कप्तान श्रेयस अय्यरले २९ बलमा ५० रन बनाउँदै टोलीको जितमा महत्वपूर्ण योगदान दिए। उनले ४ चौका र ३ छक्का प्रहार गरे।
चेन्नईका लागि म्याट हेनरी र अन्शुल कम्बोजले समान २–२ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउँदै २०९ रन बनाएको थियो। आयुष म्हात्रेले ४३ बलमा ७ चौका र ५ छक्कासहित ७३ रनको उत्कृष्ट पारी खेले। शिवम दुबे ४५ रनमा अविजित रहे भने सरफराज खानले ३२ र कप्तान रुतुराज गायकवाडले २८ रन जोडे।
सन्जु सामसन ७ रनमै आउट भएपछि म्हात्रे र गायकवाडबीच ९६ रनको महत्वपूर्ण साझेदारी बनेको थियो। त्यसपछि सरफराज र दुबेको प्रभावकारी फिनिसिङले चेन्नईलाई बलियो योगफलसम्म पुर्‍याएको थियो।
पन्जाबका विजयकुमार वाइशाकले २ विकेट लिए भने जेभियर बार्टलेट, मार्को यानसेन र युजभेन्द्र चहलले समान १–१ विकेट हात पारे।
लगातार दोस्रो जितसँगै पन्जाब २ खेलबाट ४ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ। उता चेन्नई भने लगातार दोस्रो हारपछि अंकविहीन रहँदै तालिकाको पुछारमा झरेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज