Advertisement

पन्जाब किङ्सको लगातार दोस्रो जित, चेन्नई ५ विकेटले पराजित

Advertisement

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा पन्जाब किङ्सले चेन्नई सुपर किङ्सलाई ५ विकेटले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ।
२१० रनको लक्ष्य पछ्याएको पन्जाबले १८.४ ओभरमा ५ विकेट गुमाएर सहज जित निकालेको हो। कप्तान श्रेयस अय्यरले २९ बलमा ५० रन बनाउँदै टोलीको जितमा महत्वपूर्ण योगदान दिए। उनले ४ चौका र ३ छक्का प्रहार गरे।
चेन्नईका लागि म्याट हेनरी र अन्शुल कम्बोजले समान २–२ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउँदै २०९ रन बनाएको थियो। आयुष म्हात्रेले ४३ बलमा ७ चौका र ५ छक्कासहित ७३ रनको उत्कृष्ट पारी खेले। शिवम दुबे ४५ रनमा अविजित रहे भने सरफराज खानले ३२ र कप्तान रुतुराज गायकवाडले २८ रन जोडे।
सन्जु सामसन ७ रनमै आउट भएपछि म्हात्रे र गायकवाडबीच ९६ रनको महत्वपूर्ण साझेदारी बनेको थियो। त्यसपछि सरफराज र दुबेको प्रभावकारी फिनिसिङले चेन्नईलाई बलियो योगफलसम्म पुर्‍याएको थियो।
पन्जाबका विजयकुमार वाइशाकले २ विकेट लिए भने जेभियर बार्टलेट, मार्को यानसेन र युजभेन्द्र चहलले समान १–१ विकेट हात पारे।
लगातार दोस्रो जितसँगै पन्जाब २ खेलबाट ४ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ। उता चेन्नई भने लगातार दोस्रो हारपछि अंकविहीन रहँदै तालिकाको पुछारमा झरेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज