Advertisement

सेती प्रादेशिक अस्पताल मा नर्स र अनमी परीक्षाको प्रश्नपत्र परीक्षा अघि नै बाहिरिएको आरोप

Advertisement

धनगढी — सेती प्रादेशिक अस्पताल, कैलालीले सञ्चालन गरेको स्टाफ नर्स र अनमी पदको परीक्षा सम्बन्धी प्रश्नपत्र परीक्षा अघि नै बाहिरिएको आरोप लागेको छ।

अस्पतालले चैत ७ गते शनिबार स्टाफ नर्स र अनमीको परीक्षा सञ्चालन गरेको थियो। बिहान ९ बजेदेखि स्टाफ नर्स र दिउँसो ३ बजेदेखि अनमीको परीक्षा लिइएको थियो। तर स्रोतका अनुसार अनमीतर्फको प्रश्नपत्र टिकमार्कसहित परीक्षा सुरु हुनु अघि नै बाहिरिएको दाबी गरिएको छ।

स्रोतले जानकारी दिँदै भन्यो, “अनमीका १८ सिटका लागि परीक्षा भएको थियो, तर दिउँसो ३ बजे सुरु हुने परीक्षा भन्दा अगाडि नै प्रश्नपत्र सार्वजनिक भइसकेको थियो।”

यस विषयमा परीक्षा सञ्चालन समितिका संयोजक तथा मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डे सम्पर्कमा आउन सकेनन्। आफू बिरामी भएको जनाउँदै उनले निमित्तको जिम्मेवारी डा. खगेन्द्र भट्ट लाई दिएका छन्। डा. भट्टले भने यस विषयमा आफूलाई जानकारी नभएको बताएका छन्।

यता, परीक्षा सञ्चालन समितिका सदस्य तथा सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका कानुन अधिकृत दानबहादुर सुनार ले भने प्रश्नपत्र बाहिरिएको आरोप निराधार भएको दाबी गरेका छन्। उनले भने, “परीक्षा पूर्ण रूपमा निष्पक्ष रूपमा सञ्चालन भएको छ। यो लोकसेवाको परीक्षा भन्दा कम छैन। प्रश्नपत्र बाहिरिएको भन्ने हल्ला गलत मनसायले फैलाइएको हो।”

यसैबीच, चैत ७ गते सञ्चालन भएको अनमी (ANM) र स्टाफ नर्सको परीक्षाको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको भन्ने विश्वसनीय सूचना प्राप्त भएको भन्दै परीक्षाको निष्पक्षता र विश्वसनीयतामा गम्भीर प्रश्न उठाइएको छ। यस्ता घटनाले मेहनतका साथ तयारी गरेका परीक्षार्थीहरूको मनोबलमा नकारात्मक असर पार्ने तथा न्यायोचित मूल्याङ्कन हुन नसक्ने अवस्था सिर्जना गर्ने देखिन्छ। त्यसैले सम्पूर्ण परीक्षार्थीहरूको हित तथा निष्पक्ष प्रतिस्पर्धाको सुनिश्चितताका लागि सम्बन्धित सबै जिम्मेवार निकायको ध्यानाकर्षण गराउँदै यस विषयमा छानबिन गरी आवश्यक कारबाही गर्नुपर्ने माग गरिएको छ।

उक्त परीक्षामार्फत २१ जना स्टाफ नर्स भर्ना गर्ने योजना रहेको छ, जसमा ३९ जना लिखित परीक्षामा उत्तीर्ण भएका छन्। उनीहरूको अन्तर्वार्ता चैत १२ गतेबाट सुरु हुनेछ।

त्यस्तै, अनमीतर्फ १८ सिटका लागि भएको परीक्षामा २८ जना उत्तीर्ण भएका छन्, जसको अन्तर्वार्ता चैत १८ गते बिहान १० बजेदेखि सञ्चालन हुने अस्पतालले जनाएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज