Advertisement

प्रदेश सभा बैठक एक हप्ताभित्र नबोलाए कडा कदम चाल्ने नेकपाको चेतावनी

Advertisement

धनगढी- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश संसदीय दलले प्रदेश सभाको बैठक एक हप्ताभित्र आह्वान गर्न सरकारलाई अल्टिमेटम दिएको छ।
संसदीय दलका नेता खगराज भट्टले बुधबार मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउँदै सात दिनभित्र प्रदेश सभाको नियमित अधिवेशन नबोलाए कडा कदम चाल्ने चेतावनी दिएका हुन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्बोधन गरिएको उक्त पत्रमा प्रदेश सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरिएको छ।
पत्रमा प्रदेश सभाको छैटौँ अधिवेशन अन्त्य भएको लामो समय बितिसक्दा पनि हिउँदे अधिवेशन आह्वान नगरिएकोप्रति आपत्ति जनाइएको छ। साथै चालू आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्था अत्यन्त न्यून रहेको तथा सरकारले विकास निर्माणका काममा पर्याप्त ध्यान नदिएको आरोप लगाइएको छ।
त्यसैगरी प्रदेश सरकारले सुशासन कायम गर्न नसकेको, मुख्यमन्त्रीमाथि लागेको भ्रष्टाचारसम्बन्धी गम्भीर आरोपको छानबिन प्रक्रिया अघि नबढेको पनि पत्रमा उल्लेख गरिएको छ।
प्रदेश सभा सचिवालयमा दर्ता भएका महत्त्वपूर्ण विधेयकहरू पारित गर्ने प्रक्रिया अघि नबढ्दा कानुन निर्माणको काम समेत ठप्प भएको नेकपाको भनाइ छ। साथै सरकारले जनसरोकारका कामभन्दा आफ्ना कार्यकर्तालाई खुसी पार्न राजनीतिक नियुक्तिमा केन्द्रित भएको आरोप पनि लगाइएको छ।
संसदीय दलका नेता भट्टद्वारा हस्ताक्षरित पत्रमा जननिर्वाचित सांसदहरूले सरकारका काम कारबाहीबारे प्रश्न गर्ने मुख्य थलो संसद् नै रहेको उल्लेख गर्दै एक हप्ताभित्र प्रदेश सभाको नियमित अधिवेशन आह्वान गर्न जोडदार माग गरिएको छ। उक्त पत्रको बोधार्थ प्रदेश सभामुखलाई समेत दिइएको छ।
सरकारले संसद् छलेर मनोमानी गरिरहेको आरोप लगाउँदै प्रतिपक्ष दलहरूले पछिल्लो समय सदन बोलाउन निरन्तर दबाब दिँदै आएका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज