Advertisement

पराजयपछि पनि जनतामाझ दिपक : संसद नपुगे पनि सडकबाट जनताको आवाज उठाउँछु

Advertisement

अछाम- प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका नेकपा एमालेका उम्मेदवार दिपक साउँद मतदातालाई धन्यवाद ज्ञापन गर्न चौरपाटी गाउँपालिका पुगेका छन्। निर्वाचन परिणाम सार्वजनिक भएपछि साउँद चौरपाटी पुगेर मतदातासँग भेटघाट गर्दै आभार व्यक्त गरेका हुन्।

चौरपाटीमा आयोजित कार्यक्रममा साउँदले निर्वाचनमा आफूले पराजय व्यहोरे पनि जनताले जित हासिल गरेको बताएका छन् । उनले लोकतन्त्रमा जनताको मत सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै आफूलाई मत दिएर साथ दिने सम्पूर्ण मतदाताप्रति कृतज्ञता व्यक्त गरेका हुन् ।

“मैले हारेको भए पनि जनताको जित भएको छ। जनताले दिएको अमूल्य मतप्रति म सदैव सम्मान प्रकट गर्छु,” उनले भने।
साउँदले मतदाताले आफू प्रति देखाएको विश्वासलाई कहिल्यै आँच आउन नदिने प्रतिबद्धता जनाउँदै जनतालाई निराश हुन नदिने दावि गरे । उनले निर्वाचनका क्रममा गाउँ-गाउँमा पुगेर गरेका प्रतिबद्धता पूरा गर्न निरन्तर लागिरहने पनि बताएका छन् ।

“राजनीति जनसेवाको माध्यम हो। म निर्वाचित नभए पनि जनताको सेवा गर्न सधैं जनताको पक्षमा उभिन्छु,” उनले भने, “संसद पुगेर जनताको आवाज उठाउने अवसर नपाए पनि सडकबाट भए पनि जनताको आवाज उठाइरहनेछु।”

उनले चुनावको समयमा मात्रै नेता गाउँमा पुग्ने र पछि फर्केर नआउने प्रवृत्तिलाई अन्त्य गर्ने आफ्नो प्रयास रहने पनि बताए। जनताको दुःख- सुखमा सधैं साथ रहने र जिल्लाको विकास तथा जनचासोका विषयमा निरन्तर आवाज उठाउने उनको प्रतिबद्धता थियो।
पराजयपछि पनि मतदातामाझ पुगेर धन्यवाद व्यक्त गर्दै जनताको पक्षमा उभिने साउँदको कदमलाई स्थानीयले सकारात्मक रूपमा लिँदै यसलाई राम्रो राजनीतिक संस्कारको उदाहरणका रूपमा लिएका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज