Advertisement

चुनाव जित्नुअघि नै मन जिते एमाले नेता ऐन महरले

Advertisement

बझाङ : निर्वाचन परिणामको प्रतीक्षामा धेरै उम्मेदवारहरू अदालत र मतगणनाको निर्णयतर्फ नजर लगाइरहेका बेला एमाले नेता ऐन महर भने जनताको सेवामा निरन्तर खटिएको दृश्यले धेरैको ध्यान तानेको छ ।

काठमाडौंमा विद्यार्थी राजनीति गर्दादेखि नै सामाजिक काम र मानव सेवामा सक्रिय रहँदै आएका महरले चुनावी प्रतिस्पर्धाको बीचमा पनि आफ्नो सेवा भाव रोकेनन् । मतगणना कहिले सुरु होला भन्ने अन्योलका बीच धेरै नेता–कार्यकर्ता प्रतीक्षामा बसिरहेका बेला महर भने संकटमा परेका नागरिकको उद्धारमा जुटिरहेका छन् ।

बझाङको मष्टा गाउँपालिका–२, तुतिका निवासी टीका धामी माछा मार्न जाँदा लडेर गम्भीर घाइते भएपछि स्थानीयहरू अत्यन्त चिन्तित बनेका थिए । दुर्गम गाउँमा उपचार सम्भव नभएपछि तत्काल उद्धारको आवश्यकता देखिएको थियो । त्यही समयमा एमाले नेता ऐन महरले पहल गर्दै सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर घाइते धामीलाई तुरुन्तै उद्धार गरी कोहलपुर उपचारका लागि पठाउने व्यवस्था गरेका हुन् ।

चुनावी प्रतिस्पर्धा र राजनीतिक व्यस्तताका बीच पनि एक घाइते नागरिकको जीवन बचाउन गरिएको यो पहललाई स्थानीयहरूले मानवता, नेतृत्व र जिम्मेवारीको उदाहरण भन्दै प्रशंसा गरिरहेका छन् ।

राजनीति केवल सत्ता र पदका लागि मात्र होइन, संकटमा परेका नागरिकको साथमा उभिन पनि हो भन्ने सन्देश महरको यो कामले दिएको धेरैको भनाइ छ ।स्थानीयवासीहरू भन्छन्— “मतगणना अझै हुन बाँकी छ, तर ऐन महरले जनताको मन भने पहिल्यै जितिसके।”

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज