Advertisement

बझाङमा एमाले एकवद्दताको कडा सन्देश: भ्रम छर्ने तत्वलाई अफिलाल ओखेडाको चेतावनी

Advertisement

बझाङ: नेकपा एमाले बझाङले आफूहरू पूर्ण रूपमा एकवद्द भएर अघि बढिरहेको स्पष्ट सन्देश दिएको छ। पार्टीभित्र विभाजन रहेको भन्दै फैलाइएका हल्ला र अफवाहलाई कडा रूपमा खण्डन गर्दै एमाले नेताहरूले संगठन थप मजबुत बनेको दाबी गरेका छन्।
आज बझाङको सदरमुकाम चैनपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्व संविधानसभा सदस्य अफिलाल ओखेडाले एमाले बझाङ एकढिक्का भएर संगठन सुदृढीकरण र जनताको पक्षमा काम गर्न प्रतिबद्ध रहेको बताए। उनले केही अराजक तत्वले पार्टीभित्र फूट रहेको भन्दै भ्रम छर्ने प्रयास गरेको आरोप लगाउँदै त्यस्ता गतिविधि असफल हुने चेतावनी दिए।
उनका अनुसार बझाङमा एमालेको जनआधार झनै विस्तार हुँदै गएको छ र आन्तरिक रूपमा कुनै किसिमको मतभेद नरहेको स्पष्ट पारे। “एमाले एकवद्द छैन भन्ने प्रचार नियोजित भ्रम मात्र हो,” उनले भने, “पार्टी मजबुत छ, नेतृत्व एकमत छ, कार्यकर्ता उत्साहित छन्।”
पत्रकार सम्मेलनमा एमालेका जिल्ला तहका अग्रणी नेताहरू एलबी रावल, कलक खड्का, अर्जुन बहादुर थापा, शेरबहादुर बोहरा तथा ऐन महरसहित ठूलो संख्यामा नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो। उपस्थित सबै नेताहरूले एकै स्वरमा पार्टी एकवद्द रहेको र संगठनात्मक अभियान तीव्र बनाइने बताएका छन्।
एमाले बझाङले आगामी दिनमा जनताको घरदैलोमा पुगेर भ्रम चिर्दै सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज