Advertisement

बझाङमा एमाले एकवद्दताको कडा सन्देश: भ्रम छर्ने तत्वलाई अफिलाल ओखेडाको चेतावनी

Advertisement

बझाङ: नेकपा एमाले बझाङले आफूहरू पूर्ण रूपमा एकवद्द भएर अघि बढिरहेको स्पष्ट सन्देश दिएको छ। पार्टीभित्र विभाजन रहेको भन्दै फैलाइएका हल्ला र अफवाहलाई कडा रूपमा खण्डन गर्दै एमाले नेताहरूले संगठन थप मजबुत बनेको दाबी गरेका छन्।
आज बझाङको सदरमुकाम चैनपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्व संविधानसभा सदस्य अफिलाल ओखेडाले एमाले बझाङ एकढिक्का भएर संगठन सुदृढीकरण र जनताको पक्षमा काम गर्न प्रतिबद्ध रहेको बताए। उनले केही अराजक तत्वले पार्टीभित्र फूट रहेको भन्दै भ्रम छर्ने प्रयास गरेको आरोप लगाउँदै त्यस्ता गतिविधि असफल हुने चेतावनी दिए।
उनका अनुसार बझाङमा एमालेको जनआधार झनै विस्तार हुँदै गएको छ र आन्तरिक रूपमा कुनै किसिमको मतभेद नरहेको स्पष्ट पारे। “एमाले एकवद्द छैन भन्ने प्रचार नियोजित भ्रम मात्र हो,” उनले भने, “पार्टी मजबुत छ, नेतृत्व एकमत छ, कार्यकर्ता उत्साहित छन्।”
पत्रकार सम्मेलनमा एमालेका जिल्ला तहका अग्रणी नेताहरू एलबी रावल, कलक खड्का, अर्जुन बहादुर थापा, शेरबहादुर बोहरा तथा ऐन महरसहित ठूलो संख्यामा नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो। उपस्थित सबै नेताहरूले एकै स्वरमा पार्टी एकवद्द रहेको र संगठनात्मक अभियान तीव्र बनाइने बताएका छन्।
एमाले बझाङले आगामी दिनमा जनताको घरदैलोमा पुगेर भ्रम चिर्दै सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज