Advertisement

जनताको घरआँगनमा उम्मेदवार साउँद, एकै दिन ४ वटा आमसभा सम्बोधन

Advertisement

अछाम– दिपक साउँद यतिबेला अछाम क्षेत्र नं- १ का जनताको घरआँगनमा पुगेर मत माग्न व्यस्त छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका साउँद फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै घरदैलो अभियानलाई तीव्रता दिएका हुन्।

चुनावी कार्यक्रममा व्यस्त साउँदले सनिवार मात्रै छुट्टाछुट्टै ४ वटा आमसभा सम्बोधन गरेका छन् । साफेबगर नगरपालिकाको सिद्देश्वर, मष्टामाण्डु, मेल्लेख गाउँपालिकाको नन्देगडा र रामारोशन गाउँपालिका-१ को मलातिकोटमा आयोजित आमसभा सम्बोधन गरेका हुन् ।

सभामा देखिएको जनसहभागिता र उत्साहले यी क्षेत्रको चुनावी माहोल दिपकको पक्षमा मजबुत बन्दै गएको संकेत गरेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै साउँदले यी क्षेत्रमा देखाएको विश्वास, साथ र समर्थनप्रति आभार व्यक्त गर्दै भने, यहाँको जनलहरले मेरो जित सुनिश्चित भएको अनुभूति गराएको छ। जनताको अपेक्षा र विश्वासलाई विकास र समृद्धिमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्छु।

आइतबार मेल्लेख गाउँपालिकाको मेल्लेखमा आयोजित आमसभा सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।

गाउँ-गाउँमा पुग्दै साउँद 

अछाम क्षेत्र नं- १ अन्तर्गत एक नगरपालिका र चार गाउँपालिका गरी पाँच स्थानीय तह पर्छन्। सोही क्षेत्रका सबै बस्तीमा पुगेर साउँदले जनतासँग प्रत्यक्ष भेटघाट गर्दै मत मागिरहेका छन्। चुनावी आमसभा, घरदैलो तथा कोणसभा कार्यक्रममार्फत उनी गाउँ-गाउँमा पुगिरहेका छन्।
रामारोशन गाउँपालिका–भटाकाटियामा जन्मिएका साउँद विशेषगरी विकट बस्तीमा सक्रिय देखिएका छन्। विकट क्षेत्रका समस्या नजिकबाट बुझ्ने र समाधानको मार्ग तय गर्ने उद्देश्यसहित उनी घरदैलोमा पुगेका हुन्। यस क्रममा साफेबगर नगरपालिका, बान्नीगढी जयगढ गाउँपालिका, मेल्लेख गाउँपालिका, चौरपाटी गाउँपालिका र रामारोशन गाउँपालिका मा उनको पक्षमा जनलहर देखिएको स्थानीयहरू बताउँछन्।

साउँदले मत मात्रै मागेका छैनन्, जनताका समस्या पनि मागेका छन्। गाउँ-टोलमा देखिएका समस्या उनले डायरीमा संकलन गर्दै आएका छन्। आफू निर्वाचित भएपछि ती समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले अहिलेबाटै समस्या पहिचानको काम थालेको बताएका छन्।

घरदैलोका क्रममा भेटिएका अधिकांश स्थानीयले नेता पहिलोपटक गाउँमा पुगेर प्रत्यक्ष रूपमा समस्या सुनेको भन्दै खुसी व्यक्त गरेका छन्। धेरैले उनलाई आशिर्वाद तथा जितको शुभकामना दिएका छन्। जनसमुदायसँगको घुलमिल र निरन्तर सम्पर्कले साउँदको पक्षमा समर्थन बढ्दै गएको देखिन्छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज