Advertisement

जनताको घरआँगनमा उम्मेदवार साउँद, एकै दिन ४ वटा आमसभा सम्बोधन

Advertisement

अछाम– दिपक साउँद यतिबेला अछाम क्षेत्र नं- १ का जनताको घरआँगनमा पुगेर मत माग्न व्यस्त छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका साउँद फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै घरदैलो अभियानलाई तीव्रता दिएका हुन्।

चुनावी कार्यक्रममा व्यस्त साउँदले सनिवार मात्रै छुट्टाछुट्टै ४ वटा आमसभा सम्बोधन गरेका छन् । साफेबगर नगरपालिकाको सिद्देश्वर, मष्टामाण्डु, मेल्लेख गाउँपालिकाको नन्देगडा र रामारोशन गाउँपालिका-१ को मलातिकोटमा आयोजित आमसभा सम्बोधन गरेका हुन् ।

सभामा देखिएको जनसहभागिता र उत्साहले यी क्षेत्रको चुनावी माहोल दिपकको पक्षमा मजबुत बन्दै गएको संकेत गरेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै साउँदले यी क्षेत्रमा देखाएको विश्वास, साथ र समर्थनप्रति आभार व्यक्त गर्दै भने, यहाँको जनलहरले मेरो जित सुनिश्चित भएको अनुभूति गराएको छ। जनताको अपेक्षा र विश्वासलाई विकास र समृद्धिमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्छु।

आइतबार मेल्लेख गाउँपालिकाको मेल्लेखमा आयोजित आमसभा सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।

गाउँ-गाउँमा पुग्दै साउँद 

अछाम क्षेत्र नं- १ अन्तर्गत एक नगरपालिका र चार गाउँपालिका गरी पाँच स्थानीय तह पर्छन्। सोही क्षेत्रका सबै बस्तीमा पुगेर साउँदले जनतासँग प्रत्यक्ष भेटघाट गर्दै मत मागिरहेका छन्। चुनावी आमसभा, घरदैलो तथा कोणसभा कार्यक्रममार्फत उनी गाउँ-गाउँमा पुगिरहेका छन्।
रामारोशन गाउँपालिका–भटाकाटियामा जन्मिएका साउँद विशेषगरी विकट बस्तीमा सक्रिय देखिएका छन्। विकट क्षेत्रका समस्या नजिकबाट बुझ्ने र समाधानको मार्ग तय गर्ने उद्देश्यसहित उनी घरदैलोमा पुगेका हुन्। यस क्रममा साफेबगर नगरपालिका, बान्नीगढी जयगढ गाउँपालिका, मेल्लेख गाउँपालिका, चौरपाटी गाउँपालिका र रामारोशन गाउँपालिका मा उनको पक्षमा जनलहर देखिएको स्थानीयहरू बताउँछन्।

साउँदले मत मात्रै मागेका छैनन्, जनताका समस्या पनि मागेका छन्। गाउँ-टोलमा देखिएका समस्या उनले डायरीमा संकलन गर्दै आएका छन्। आफू निर्वाचित भएपछि ती समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले अहिलेबाटै समस्या पहिचानको काम थालेको बताएका छन्।

घरदैलोका क्रममा भेटिएका अधिकांश स्थानीयले नेता पहिलोपटक गाउँमा पुगेर प्रत्यक्ष रूपमा समस्या सुनेको भन्दै खुसी व्यक्त गरेका छन्। धेरैले उनलाई आशिर्वाद तथा जितको शुभकामना दिएका छन्। जनसमुदायसँगको घुलमिल र निरन्तर सम्पर्कले साउँदको पक्षमा समर्थन बढ्दै गएको देखिन्छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज