Advertisement

जनताको स्वास्थ्यप्रति संवेदनशील उम्मेदवार साउँद, बिरामीको अवस्था बुझ्न अस्पताल पुग्दा

Advertisement

अछाम- नेकपा एमालेका तर्फबाट अछाम क्षेत्र नं- १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार दिपक साउँदले बिरामीसँग भेटघाट गर्दै शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ।
चुनावी अभियानका क्रममा व्यस्त रहेका साउँद शुक्रबार बयालपाटा प्रादेशिक अस्पताल पुगेर उपचाररत बिरामीहरूलाई भेट्नुभएको हो।
उहाँले अस्पतालका विभिन्न वार्डमा पुगेर बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै उनीहरूले उपचारका क्रममा भोग्नु परेका समस्या र सेवासम्बन्धी गुनासाहरू पनि सुन्नुभएको थियो।

भेटघाटका क्रममा साउँदले बिरामीहरूको मनोबल उच्च राख्न आग्रह गर्दै छिटो स्वास्थ्य सुधारको कामना गर्नुभयो।
उहाँले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकाले ग्रामीण भेगका नागरिकले सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्नेमा जोड दिनुभयो।

अस्पतालमा उपचाररत सबै बिरामीलाई व्यक्तिगत रूपमा भेट्दै साउँदले उपचार सेवामा देखिएका कमी–कमजोरी सुधारका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो।

साथै आगामी दिनमा स्वास्थ्य क्षेत्रको पूर्वाधार विकास, आवश्यक जनशक्ति व्यवस्थापन तथा औषधि आपूर्तिमा सुधार ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।स्थानीय नागरिक तथा बिरामीका आफन्तहरूले उम्मेदवार स्वयं अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे चासो देखाएकोमा सकारात्मक प्रतिक्रिया दिएका थिए। चुनावी घरदैलो तथा भेटघाट कार्यक्रमबीच पनि बिरामीको अवस्थाबारे बुझ्न अस्पताल पुग्नुले साउँदको सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता झल्काएको सहभागीहरूको भनाइ रहेको छ।

साउँदसँग अस्पताल एमाले केन्द्रीय सदस्य जिल्ला इन्चार्ज झपड बोहरा, एमाले सुदूरपश्चिम अध्यक्ष कृष्णप्रसाद जैसी लगायतका नेताकार्यकर्ताको सहभागिता रहेको थियोे ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज