Advertisement

भूगोल होइन, नेताबाट ठगिएका हौं- एमाले उम्मेदवार दिपक साउँद

Advertisement

अछाम- दिपक साउँदले अछामवासी जनता भूगोलले नभई गलत नेतृत्वका कारण पछि परेको बताएका छन्। अछाम क्षेत्र नं-१ प्रतिनिधि सभा सदस्यका उम्मेदवार साउँदले जिल्लाको साफेबगर नगरपालिका- १२ बल्यालत मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यस्तो धारणा व्यक्त गरेका हुन्।
सभामा बोल्दै उनले बारम्बार निर्वाचित भएर सत्तामा पुगेका नेताहरू जनताप्रति उत्तरदायी बन्न नसकेको आरोप लगाएका छन् ।

“हामी भूगोलबाट होइन, नेता तथा जनप्रतिनिधिबाट ठगिएका हौं,” उनले भने, “हाम्रो भूगोल अथाह सम्भावनाले भरिएको छ, आत्मनिर्भर बन्न सक्ने आधार छ, तर सही प्रतिनिधित्व नहुँदा नागरिक अपेक्षाअनुसार विकास हुन सकेन।
साउँदले अछाम भौगोलिक रूपमा धनी जिल्ला भएको उल्लेख गर्दै कृषि र पर्यटन क्षेत्रमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने बताए। उनले ग्रामीण चौखुट्टे-रामारोशन सडक स्तरोन्नति गर्ने, खप्तड जाने सडक निर्माण गरी छोटो दूरीमा आवागमनको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सेती लोकमार्गले खोलेका सडकलाई बाह्रै महिना सञ्चालनयोग्य बनाउने योजना पनि उनले अघि सारिने बताए ।
नगरपालिकाको सबैभन्दा उच्च स्थानमा रहेको वडा नं- १२ खप्तड क्षेत्रसँग जोडिएको उल्लेख गर्दै उनले उक्त क्षेत्रलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने बताए।
पर्यटन प्रवर्द्धनमार्फत स्थानीय युवालाई रोजगारीसँग जोड्ने, बढ्दो बसाइँसराइ रोक्ने तथा गाउँमै आयआर्जनका अवसर सिर्जना गर्ने आफ्नो प्राथमिकता रहेको उनले स्पष्ट पारे।
साथै, गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षाको पहुँच विस्तार गर्दै नागरिकको आधारभूत आवश्यकता पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै साउँदले आफूलाई एक पटक अवसर दिन मतदातासँग आग्रह गरे।
सभामा स्थानीय बासिन्दाले सडक, रोजगारी र सेवा-सुविधाको अभावका विषयमा गुनासा राखेका थिए। उम्मेदवार साउँदले ती समस्यालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाएका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज