Advertisement

बोन्ड स्कुल बोर्डिङ स्कुल पबेराको १८ औँ वार्षिकोत्सव सम्पन्न

Advertisement

रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ पबेरामा अवस्थित बोन्ड स्कुल बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न भएको छ। शुक्रबार विद्यालय प्राङ्गणमा १८औँ वार्षिकोत्सव सम्पन्न भएको हो ।

कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बजारी राम चौधरीले गर्नुभएको थियो भने प्रमुख अतिथि कैलारी गाउँपालिका वडा नम्बर- १ का वडा सदस्य किसुन लाल चौधरी रहनुभएको थियो। विशिष्ट अतिथिमा दिपेन्द्र उच्च माध्यमिक विद्यालय, हसुलियाका प्रधानाध्यापक विनोद भट्टराई सहभागी हुनुहुन्थ्यो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रअ भट्टराईले निजी तथा सामुदायिक विद्यालयबीच प्रतिस्पर्धात्मक वातावरण सृजना गर्दै कैलारी गाउँपालिकामा उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा बोन्ड स्कुल बोर्डिङ स्कुललाई बधाई दिँदै आगामी दिनमा अझै उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
यस अवसरमा कैलारी गाउँपालिका स्तरीय बोर्डिङ एसोसिएसनको खेलकुद प्रतियोगितामा विभिन्न विधामा प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गर्न सफल भएका विद्यालयलाई सम्मान गरिएको थियो।
त्यसैगरी, कक्षा ८ को गाउँपालिका स्तरीय बोर्ड परीक्षामा ३.९० जीपीए सहित टप गर्न सफल छात्रा आरजु बोहरालाई नगद ५ हजार ५ सय ५५ प्रदान गरिएको थियो। साथै, २०८१ सालको एसइई परीक्षामा ३.८३ जीपीए ल्याई गाउँपालिका स्तरमै उत्कृष्ट अंक प्राप्त गर्न सफल युवराज ढुंगानालाई नगद र ११ हजार १ सय ११ हस्तान्तरण गरिएको थियो।
कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक बिरेन्द्र धामीले गर्नुभएको थियो। कार्यक्रममा थारु राष्ट्रिय कलाकार तथा पत्रकार राजु चौधरी ‘राज’ र राष्ट्रिय पहुरा दैनिकका पत्रकार तथा सम्पादक प्रेम दहितको समेत उपस्थिति रहेको थियो।
उत्सवका क्रममा विद्यार्थीहरूले प्रस्तुत गरेको नृत्य तथा सांस्कृतिक कार्यक्रमले माहोल अझै उत्साहपूर्ण बनाएको थियो।
वि.सं. २०६४ सालदेखि शैक्षिक सेवा दिँदै आएको बोन्ड स्कुल बोर्डिङ स्कुल कैलारी गाउँपालिकामा सामुदायिक तथा निजी विद्यालयमध्ये निरन्तर उत्कृष्ट नतिजा ल्याउँदै आएको विद्यालयको रूपमा परिचित छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज