Advertisement

एमाले सक्न खोज्नेहरू आफैँ सकिएर जानेछन्- केन्द्रीय सदस्य कमल तिल्मिसिना

Advertisement

अछाम- नेकपा एमालेका पुर्व केन्द्रीय सदस्य कमल तिल्मिसिनाले एमाले सक्न खोज्नेहरू आफैँ समाप्त भएर जाने बताएका छन् ।
चौरपाटी गाउँपालिका- ३, गगुडामा आयोजित चुनावी घरदैलो तथा कोणसभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

उनले भने, “एमाले पटक-पटक सरकारमा पुगेर अवसर पाएका केही व्यक्तिहरू नै आज एमालेविरुद्ध लागिरहेका छन् । तर यस्ता अवसरवादी पात्रहरूलाई अछामी जनताले यहीँ फागुन २१ गते उचित जवाफ दिनेछन् ।

तिल्मिसिनाले अछाम क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार दिपक साउँदप्रति अछामी जनता पूर्ण रूपमा विश्वस्त रहेको दाबी गरे ।
उनले विगतमा पटकपटक जित्दै आएका केही नेताहरू जनताको सेवक नभई ‘जनशासक’ बनेको आरोप लगाउँदै अब जनताले नेतृत्व परिवर्तन चाहेको बताए ।

“अब जनता शासक होइन, सेवक खोजिरहेका छन् । त्यो आवश्यकता अहिले दिपक साउँदले पूरा गर्न सक्छन्,” उनले भने ।
तिल्मिसिनाले लोकतन्त्रको संरक्षण, देशको रक्षा र समग्र विकासका लागि एमाले उम्मेदवारलाई विजयी गराउन आवश्यक रहेको उल्लेख गरे ।
उनले सदनमा एमालेको एकल बहुमत नहुँदा जनअपेक्षाअनुसारका काम हुन नसकेको भन्दै अब एमालेलाई बहुमतसहित विजयी गराए जनताको चाहना अनुसार विकास र समृद्धिको यात्रा अघि बढ्ने दाबी गरे ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज