Advertisement

एमाले उम्मेदवार साउँदद्वारा सहिद स्तम्भ तथा सालिकमा माल्यार्पण, आज सुतार क्षेत्रमा घरदैलो

Advertisement

अछाम- नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार दिपक साउँदले सहिदहरूका सालिकमा माल्यार्पण गरेका छन् ।

जिल्लाको रामारोशन गाउँपालिका-६ भटाकाटियाँमा अवस्थित सहिद स्तम्भ तथा सहिदका सालिकमा पुगेर साउँदले सहिदप्रति श्रद्धा, सम्मान र कृतज्ञता प्रकट गर्दै माल्यार्पण गरेका हुन्। सहिदको बलिदानकै कारण आज देशमा लोकतन्त्र, शान्ति र जनताको अधिकार स्थापित भएको उल्लेख गर्दै उनले सहिदका सपना साकार पार्न आफू राजनीतिमा सक्रिय भएको बताए।

कार्यक्रममा बोल्दै साउँदले भने,“सहिदहरू कुनै एक पार्टीका होइनन्, उनीहरू सिङ्गो राष्ट्रका साझा गहना हुन्। उनीहरूको त्याग, संघर्ष र बलिदानले हामीलाई जिम्मेवार बनाएको छ। सहिदको सपना पूरा गर्नु नै मेरो राजनीतिक यात्रा हो।”
जनयुद्धका क्रममा ज्यान गुमाएका सहिद परिवारलाई भेट्दै साउँदले आफू पनि सहिद परिवारकै सदस्यझैँ रहेको बताए । सहिद परिवारका दुःख, पीडा र अपेक्षालाई आत्मसात गर्दै उनीहरूसँग भावनात्मक भेटघाट गरेका थिए।
सहिद स्तम्भ र सालिकमा माल्यार्पण पश्चात् साउँद परिवन सुतारको चुनावी घरदैलोमा अघि सरेका छन् । बान्नीगढी जयगढ गाउँपालिकाका विभिन्न बस्तीबाट चुनावी घरदैलोमा निस्किएका साउँद अहिले रामारोशन गाउँपालिका पुगेका हुन् । घरदैलोका क्रममा उनले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै अछामको विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र सडक पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए।
स्थानीयले पनि साउँदलाई आशा र विश्वासका साथ स्वागत गर्दै अछामको मुहार फेर्ने सक्षम नेतृत्वको रूपमा अघि बढ्न शुभकामना दिएका छन्। माल्यार्पण कार्यक्रममा नेकपा एमाले सुदूरपश्चिम अध्यक्ष कृष्णप्रसाद जैसी लगायतका जिल्ला स्थित नेताकार्यकर्ताको उपस्थिति रहेको थियोे ।
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै साउँदले अछाम क्षेत्र नं १ मा जनताको मत र समर्थनसहित ऐतिहासिक जित हासिल गर्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज