Advertisement

एमाले उम्मेदवार साउँदद्वारा सहिद स्तम्भ तथा सालिकमा माल्यार्पण, आज सुतार क्षेत्रमा घरदैलो

Advertisement

अछाम- नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार दिपक साउँदले सहिदहरूका सालिकमा माल्यार्पण गरेका छन् ।

जिल्लाको रामारोशन गाउँपालिका-६ भटाकाटियाँमा अवस्थित सहिद स्तम्भ तथा सहिदका सालिकमा पुगेर साउँदले सहिदप्रति श्रद्धा, सम्मान र कृतज्ञता प्रकट गर्दै माल्यार्पण गरेका हुन्। सहिदको बलिदानकै कारण आज देशमा लोकतन्त्र, शान्ति र जनताको अधिकार स्थापित भएको उल्लेख गर्दै उनले सहिदका सपना साकार पार्न आफू राजनीतिमा सक्रिय भएको बताए।

कार्यक्रममा बोल्दै साउँदले भने,“सहिदहरू कुनै एक पार्टीका होइनन्, उनीहरू सिङ्गो राष्ट्रका साझा गहना हुन्। उनीहरूको त्याग, संघर्ष र बलिदानले हामीलाई जिम्मेवार बनाएको छ। सहिदको सपना पूरा गर्नु नै मेरो राजनीतिक यात्रा हो।”
जनयुद्धका क्रममा ज्यान गुमाएका सहिद परिवारलाई भेट्दै साउँदले आफू पनि सहिद परिवारकै सदस्यझैँ रहेको बताए । सहिद परिवारका दुःख, पीडा र अपेक्षालाई आत्मसात गर्दै उनीहरूसँग भावनात्मक भेटघाट गरेका थिए।
सहिद स्तम्भ र सालिकमा माल्यार्पण पश्चात् साउँद परिवन सुतारको चुनावी घरदैलोमा अघि सरेका छन् । बान्नीगढी जयगढ गाउँपालिकाका विभिन्न बस्तीबाट चुनावी घरदैलोमा निस्किएका साउँद अहिले रामारोशन गाउँपालिका पुगेका हुन् । घरदैलोका क्रममा उनले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै अछामको विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र सडक पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए।
स्थानीयले पनि साउँदलाई आशा र विश्वासका साथ स्वागत गर्दै अछामको मुहार फेर्ने सक्षम नेतृत्वको रूपमा अघि बढ्न शुभकामना दिएका छन्। माल्यार्पण कार्यक्रममा नेकपा एमाले सुदूरपश्चिम अध्यक्ष कृष्णप्रसाद जैसी लगायतका जिल्ला स्थित नेताकार्यकर्ताको उपस्थिति रहेको थियोे ।
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै साउँदले अछाम क्षेत्र नं १ मा जनताको मत र समर्थनसहित ऐतिहासिक जित हासिल गर्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज