Advertisement

रामारोशन -६ मा एमालेको वडा कमिटीको बैठक सम्पन्न

Advertisement

अछाम- नेकपा एमाले रामारोशन गाउँपालिका-६ नम्बर वडा कमिटीको बैठक सम्पन्न भएको छ ।
फागुन २१ मा प्रतिनिधि सभा सदस्य निर्वाचन लक्ष्यित वडा कमिटीको बैठक भटाकाटियाँमा बुधबार सम्पन्न भएको छ ।

अछाम क्षेत्र नं-१ का एमाले उम्मेदवार दिपक साउँदलाई बहुमतले बिजय गराउ छलफल तथा जिम्मेवारी बाँडफाँड गर्न बैठकको आयोजना गरिएको जनाइएको छ ।

बैठकमा नजिकिँदै गरेको निर्वाचनमा पार्टीलाई कसरी मजबुत बनाउने, मतदाता भेटघाट, प्रचारप्रसार र परिचालनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल गरिएको थियो ।
बैठकले वडा कमिटी अध्यक्ष सुर्य साउँदको संयोजकत्वमा वडा स्तरीय २०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ । त्यस्तै लक्ष्मण साउँदको संयोजकत्वमा नेशनल भोलेन्टियर फोर्स समिति गठन गरिएको छ ।
गठित समितिले उम्मेदवार दिपक लाई बिजय गराउन मतदाता संरक्षण,प्रचारप्रसार लगायतका कार्य गर्नेछन् ।

बैठकमा वक्ताहरूले दिपक युवा सक्षम विकासवादी उम्मेदवार भएको बताएका थिए । जिल्लाबाट अहिलेसम्म धेरै नेता बिजय गराएर पठाएपनि जनअपेक्षित कार्य नगरेको गुनासो गरे । अब पुरानै नेतालाई बिजय गराए फेरि उस्तै अवस्था सृजना हुने भएकोले अहिलेको आवश्यकता र विकल्प दिपक रहेको धारणा राखेका थिए ।

वडा कमिटी अध्यक्ष सुर्य बहादुर साउँदको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि एमाले सुदूरपश्चिम अध्यक्ष कृष्णप्रसाद जैसी रहनु भएको थियोे ।

विशिष्ट अतिथि अछाम क्षेत्र नं. १ का उम्मेदवार दिपक बहादुर साउँद रहनु भएको थियो । अतिथि प्रदेश कमिटी सदस्य रामारोशन पालिका इन्चार्ज चक्र रावल , जिल्ला उपाध्यक्ष तिकल कुँवर , युवा नेता गोविन्द साउँद , महादिवेशन प्रतिनिधि परिषद सदस्य डिबि साउँद, जिल्ला कमिटी सदस्य, वडा कमिटी पदाधिकारी नेता कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियोे

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज