Advertisement

साउँदलाई बिजय गराउन स्थानीय स्तरबाटै सक्रिय हुँदै एमालेजन , रामारोशन- ४ मा वडा कमिटी बैठक सम्पन्न

Advertisement

अछाम- अछाममा नेकपा एमाले स्थानीय स्तरबाटै आफ्ना उम्मेदवारलाई बिजय गराउन सक्रिय हुन थालेको छ । फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य उम्मेदवार दिपक साउँदलाई बिजय गराउन एमाले वडातहबाटै सक्रिय हुन थालेको हो ।

जिल्लाको रामारोशन गाउँपालिका नेकपा एमाले कमिटीले आइतबार पालिका स्तरका पदाधिकारीलाई विभिन्न जिम्मेवारी प्रदान गर्दै उम्मेदवार बिजय गराउन सक्रियता देखाएको हो, भने वडा कमिटीलाई पनि जिम्मेवारी प्रदान गर्न निर्देशन दिइएको थियो ।
सो निर्देशन अन्तर्गत सोमबार नेकपा एमाले रामारोशन गाउँपालिका वडा नं-४ को वडा कमिटीले पार्टीका उम्मेदवारलाई विजय गराउन जिम्मेवारी बाँडफाँड गरेको छ ।

बाटुलसैनमा सम्पन्न वडा कमिटी बैठकले वडा स्तरीय निर्वाचन परिचालन समिति गठन गरेको छ । वडा कमिटी अध्यक्ष अध्यक्ष तपेन्द्र शाहको संयोजकत्वमा १५१ सदस्यीय समिति गठन गरिएको छ ।
यस्तै वडा कमिटी सचिव प्रयागराज उपाध्यायको संयोजकत्वमा प्रचारप्रसार समिति पनि गठन गरिएको छ । यसैबीच भुवन बिष्टको संयोजकत्व २५ सदस्यीय वडा स्तरीय नेशनल भोलेन्टियर फोर्स समेत गठन गरिएको एमाले अछामले जनाएको छ ।

बैठकमा बोल्ने वक्ताहरूले रामारोशनले पहिलोपटक एमालेबाट प्रतिनिधिसभा उम्मेदवार पाएको उल्लेख गर्दै, “अब जिताउनु हाम्रो ऐतिहासिक दायित्व हो” भन्ने दृढ अठोट व्यक्त गरेका छन् ।
उनीहरूले रामारोशनबासी एकजुट भएर दिपक साउँदलाई संसदसम्म पुर्‍याउनुपर्ने समय आएको बताए ।

“दिपक साउँद परिवर्तनका संवाहक”

एमाले रामारोशन गाउँकमिटी अध्यक्ष भीष्म साउँद ले दिपक साउँदलाई विजयी गराएर संसद पठाउन सके अछामको राजनीतिक इतिहासमै नयाँ अध्याय लेखिने दाबी गरेका छन।
उनले भने “नागरिकका समस्या सदनसम्म पुर्‍याउन सक्ने, विकासलाई प्राथमिकतामा राख्ने र युवाको आवाज बन्न सक्ने उम्मेदवार दिपक साउँद नै हुन् ।

वडा कमिटी अध्यक्ष शाहले लामो समयसम्म जिताइएका नेताहरूले जनअपेक्षा अनुसार काम नगरेको गुनासो गर्दै अब विकासप्रेमी, जनउत्तरदायी र परिवर्तनकारी उम्मेदवार दिपकलाई मतदान गर्नुपर्ने समय आएको स्पष्ट पारे । हामीले स्थानीयस्तरबाटै बलियो रुपमा उम्मेदवारलाई बिजय गराउन लागे मात्रै सफल ‍भइने समेत बताए ।

पर्यटनको स्वर्ग मानिएको रामारोशनको विकास पनि दिपकले जिते मात्रै हुने सहभागीहरूको धारणा रहेको थियोे ।

बैठकमा प्रमुख अतिथि एमाले प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैसी, विशिष्ट अतिथि एमाले उम्मेदवार दिपक साउँद, अतिथि प्रदेश कमिटी सदस्य रामारोशन पालिका इन्चार्ज चक्र रावल , जिल्ला सचिव हिरेण्ड भट्टराई , युवा नेता गोविन्द साउँद , महादिवेशन प्रतिनिधि परिषद सदस्य डिबि साउँद, जिल्ला कमिटी सदस्य, वडा कमिटी पदाधिकारी नेता कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियोे ।

पालिकामा पार्टीका वडा कमिटीका चुनाव लक्ष्यित बैठक निरन्तर हुने जनाइएको छ । अन्य स्थानीय तहमा पनि पार्टीका पालिका र वडाका चुनावी कार्यक्रम भइरहेका छन् ।

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज