Advertisement

झुटमाथि झुट बोल्दै भीम रावल, पार्टीमा प्रवेश नगरेकालाई प्रवेश गराएको भन्दै भ्रम फैलाउँदै

Advertisement

अछाम- नेपाली कम्युनिष्ट पार्टी ( नेकपा) बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेका नेता डा. भीम रावलले झुटमाथि झुट बोल्न थालेका छन् । उनी समर्थक पक्षहरूले पार्टीमै प्रवेश नगरेका व्यक्तिलाई पार्टीमा समाहित भएको भन्दै झुटको खेती गरेका हुन् ।

चुनावी घरदैलो अभियानका क्रममा एकगाउँमा पुगेका नेकपाका उम्मेदवार रावल पक्षले एमाले नेता श्याम रावललाई आफ्नो पार्टीमा प्रवेश गरेको भन्दै भ्रम फैलाएको देखिन्छ ।

 

माघ १७ गते रावलको टोली प्रचारप्रसारका क्रममा एक स्थानीय टोलमा पुगेको बेला केही स्थानीयले स्वागत गरेको विषयलाई लिएर सामाजिक सञ्जालमा पार्टी प्रवेश गरिएको भन्दै पोस्टहरू सार्वजनिक भएका थिए।
यस विषयमा सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै रावलले आफूलाई बदनाम गर्ने उद्देश्यले गलत प्रचार गरिएको बताएका छन्। उनले आफ्नो गाउँ-टोलमा आएका अतिथिलाई स्वागत गर्नु सामान्य सामाजिक संस्कार भएको उल्लेख गर्दै त्यसलाई पार्टी प्रवेश भनेर प्रचार गर्नु गलत र भ्रामक भएको दाबी गरेका छन्।


श्याम रावलका अनुसार उनले कुनै दल परिवर्तन नगरेको स्पष्ट पारेका छन्। उनी हाल पनि नेकपा (एमाले) अछाम जिल्ला कमिटी सदस्य रहेको बताएका छन्।
उनले यस्ता भ्रामक समाचार र आरोपहरूले आफ्नो चरित्र हत्या भएको भन्दै यस्ता भ्रम नफैलाउन सबैलाई आग्रह गरेका छन्।
यस घटनाले अछाम क्षेत्र नं. १ मा चुनावी माहोल थप तातेको देखिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज