Advertisement

बझाङमा एमालेबाट उम्मेदवार फेरबदल : ऐन महर सिफारिस, अफिलाल ओखेडा ब्याक

Advertisement

बझाङ: यही फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा देशभरका राजनीतिक दलहरू उम्मेदवार छनोटको अन्तिम चरणमा पुगेका छन्। यसैक्रममा नेकपा एमालेले अधिकांश जिल्लामा उम्मेदवार टुंगो लगाइसकेको भए पनि केही स्थानमा भने नाम हेरफेर गरिएको छ।
हिजो मात्रै उम्मेदवार सिफारिस गरेको नेकपा एमालेले बझाङ जिल्लामा भने आज उम्मेदवार परिवर्तन गरेको छ। जिल्लाका जनताको मनोभावना, संगठनभित्रको सन्तुलन तथा युवापुस्ताको अपेक्षालाई मध्यनजर गर्दै हिजो सिफारिस गरिएका अफिलाल ओखेडालाई ब्याक गरी आज ऐन महरलाई उम्मेदवारका रूपमा सिफारिस गरिएको एमाले स्रोतले जनाएको छ।
ऐन महर नेकपा एमालेका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज समेत हुन्। उनी पार्टीको पछिल्लो केन्द्रीय अधिवेशनमा सबैभन्दा लोकप्रिय मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका नेतामध्ये एक हुन्। लामो समयदेखि संगठन निर्माण, जनसम्पर्क र जिल्लाको राजनीतिक गतिविधिमा सक्रिय महरलाई उम्मेदवार बनाउने निर्णयले एमालेभित्र उत्साह थपिएको नेताहरूको भनाइ छ।
उम्मेदवार फेरबदलको निर्णयलाई एमालेले स्थानीय जनचाहना र जित सुनिश्चित गर्ने रणनीतिक कदम का रूपमा व्याख्या गरेको छ। जिल्लामा संगठन सुदृढीकरण र कार्यकर्ताबीचको एकतालाई बलियो बनाउने उद्देश्यसहित गरिएको यस निर्णयले बझाङको चुनावी प्रतिस्पर्धा अझ रोचक बन्ने संकेत देखिएको छ।
फागुन २१ नजिकिँदै जाँदा बझाङमा दलहरूबीचको राजनीतिक सरगर्मी थप बढ्ने देखिएको छ

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज