Advertisement

सीपी अस्पतालद्वारा बेलडाँडीमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ४५५ जनाले लिए सेवा

Advertisement

कञ्चनपुर — कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा आयोजना गरिएको एकदिने निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। सीपी अस्पताल प्रा.लि. को आयोजना तथा बेलडाँडी गाउँपालिकाको व्यवस्थापन मा सम्पन्न उक्त शिविरबाट ४५५ जनाले प्रत्यक्ष स्वास्थ्य सेवा लिएका छन्।

बेलडाँडी गाउँपालिकाको कार्यालय परिसरमा सञ्चालन गरिएको शिविरमा सामान्य स्वास्थ्य परीक्षणदेखि विभिन्न विशेषज्ञ सेवासम्म निःशुल्क रूपमा उपलब्ध गराइएको थियो। शिविरमा जनरल सर्जरी, फिजिसियन सेवा, भिडियो एक्स–रे, हाडजोर्नी तथा नशा रोग, नाक–कान–घाँटी, स्त्री तथा प्रसूति रोग लगायतका विशेषज्ञ सेवाहरू प्रदान गरिएको थियो।

ग्रामीण भेगमै गुणस्तरीय स्वास्थ्य सेवा पाउन पाएको भन्दै सेवा लिने बिरामीहरूले सीपी अस्पताल तथा बेलडाँडी गाउँपालिकाप्रति आभार व्यक्त गरेका छन्।

यस अवसरमा बोल्दै सीपी अस्पतालका प्रशासकीय प्रमुख विकास मौनी ले अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विगतदेखि नै यस्ता निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि निरन्तर यस्ता कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्‍याउनु अस्पतालको प्रमुख उद्देश्य रहेको बताउँदै, शिविरमा जाँच गरिएका बिरामीहरूले सोही पर्चा लिएर अस्पतालमा ओपिडी, अपरेसन तथा अन्य ल्याब परीक्षणमा विशेष छुट पाउने जानकारी दिनुभयो।

यस्तै, बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिश्चन्द्र राना ले सीपी अस्पतालले आफ्ना जनताप्रति देखाएको सहयोग र उदारताको खुलेर प्रशंसा गर्दै धन्यवाद व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरहरू सञ्चालन गर्न अस्पतालको निरन्तर सहयोगको अपेक्षा रहेको बताउनुभयो।

शिविरमा संलग्न चिकित्सकहरूका अनुसार यस्ता स्वास्थ्य शिविरहरूले गाउँसमाजमा लुकेर रहेका विभिन्न रोगहरूको समयमै पहिचान र निदानमा महत्वपूर्ण भूमिका खेल्ने गर्दछ। प्रारम्भिक अवस्थामै रोग पत्ता लाग्दा उपचार प्रभावकारी हुने भएकाले यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको चिकित्सकहरूको भनाइ छ।

स्थानीय तह र निजी स्वास्थ्य संस्थाबीचको सहकार्यमा सञ्चालन गरिएका यस्ता निःशुल्क स्वास्थ्य शिविरहरूले ग्रामीण क्षेत्रमा स्वास्थ्य सचेतना बढाउनुका साथै नागरिकको जीवनस्तर सुधारमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास गरिएको छ।

यसैबीच, सीपी अस्पतालको फार्मेसी विभाग प्रमुख रश्मी सिग्देल ले शिविरमा आएका सम्पूर्ण बिरामीहरूलाई निःशुल्क औषधि वितरण गरिएको जानकारी दिनुभयो।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज