Advertisement

सीपी अस्पतालद्वारा बेलडाँडीमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ४५५ जनाले लिए सेवा

Advertisement

कञ्चनपुर — कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा आयोजना गरिएको एकदिने निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। सीपी अस्पताल प्रा.लि. को आयोजना तथा बेलडाँडी गाउँपालिकाको व्यवस्थापन मा सम्पन्न उक्त शिविरबाट ४५५ जनाले प्रत्यक्ष स्वास्थ्य सेवा लिएका छन्।

बेलडाँडी गाउँपालिकाको कार्यालय परिसरमा सञ्चालन गरिएको शिविरमा सामान्य स्वास्थ्य परीक्षणदेखि विभिन्न विशेषज्ञ सेवासम्म निःशुल्क रूपमा उपलब्ध गराइएको थियो। शिविरमा जनरल सर्जरी, फिजिसियन सेवा, भिडियो एक्स–रे, हाडजोर्नी तथा नशा रोग, नाक–कान–घाँटी, स्त्री तथा प्रसूति रोग लगायतका विशेषज्ञ सेवाहरू प्रदान गरिएको थियो।

ग्रामीण भेगमै गुणस्तरीय स्वास्थ्य सेवा पाउन पाएको भन्दै सेवा लिने बिरामीहरूले सीपी अस्पताल तथा बेलडाँडी गाउँपालिकाप्रति आभार व्यक्त गरेका छन्।

यस अवसरमा बोल्दै सीपी अस्पतालका प्रशासकीय प्रमुख विकास मौनी ले अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विगतदेखि नै यस्ता निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि निरन्तर यस्ता कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्‍याउनु अस्पतालको प्रमुख उद्देश्य रहेको बताउँदै, शिविरमा जाँच गरिएका बिरामीहरूले सोही पर्चा लिएर अस्पतालमा ओपिडी, अपरेसन तथा अन्य ल्याब परीक्षणमा विशेष छुट पाउने जानकारी दिनुभयो।

यस्तै, बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिश्चन्द्र राना ले सीपी अस्पतालले आफ्ना जनताप्रति देखाएको सहयोग र उदारताको खुलेर प्रशंसा गर्दै धन्यवाद व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरहरू सञ्चालन गर्न अस्पतालको निरन्तर सहयोगको अपेक्षा रहेको बताउनुभयो।

शिविरमा संलग्न चिकित्सकहरूका अनुसार यस्ता स्वास्थ्य शिविरहरूले गाउँसमाजमा लुकेर रहेका विभिन्न रोगहरूको समयमै पहिचान र निदानमा महत्वपूर्ण भूमिका खेल्ने गर्दछ। प्रारम्भिक अवस्थामै रोग पत्ता लाग्दा उपचार प्रभावकारी हुने भएकाले यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको चिकित्सकहरूको भनाइ छ।

स्थानीय तह र निजी स्वास्थ्य संस्थाबीचको सहकार्यमा सञ्चालन गरिएका यस्ता निःशुल्क स्वास्थ्य शिविरहरूले ग्रामीण क्षेत्रमा स्वास्थ्य सचेतना बढाउनुका साथै नागरिकको जीवनस्तर सुधारमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास गरिएको छ।

यसैबीच, सीपी अस्पतालको फार्मेसी विभाग प्रमुख रश्मी सिग्देल ले शिविरमा आएका सम्पूर्ण बिरामीहरूलाई निःशुल्क औषधि वितरण गरिएको जानकारी दिनुभयो।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज