Advertisement

एक्यानले पायो नयाँ नेतृत्व: अध्यक्षमा तिवारी, महासचिवमा फुयाल

Advertisement

काठमाडौँ : सक्रिय शैक्षिक परामर्श सङ्घ नेपाल (एक्यान) को तेस्रो वार्षिक साधारण सभाबाट आगामी दुई वर्षका लागि नयाँ नेतृत्व निर्विरोध चयन भएको छ। संस्थाका सम्पूर्ण पदमा निर्धारित संख्यामा मात्र उम्मेदवार दर्ता भएकाले प्रमुख निर्वाचन अधिकृत अधिवक्ता हरेराम लामिछानेले पदाधिकारी तथा केन्द्रीय समितिका सदस्यहरू निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो।

नयाँ कार्यसमितिको अध्यक्षमा किशोर तिवारी निर्विरोध चयन हुनुभएको छ। त्यस्तै उपाध्यक्षमा मेघराज शाही र रमेश पाठक चयन हुनुभएको छ भने महासचिवमा दामोदर फुयाल निर्वाचित हुनुभएको छ। सचिव पदमा मनिष कुमार बर्देवा, कोषाध्यक्षमा मुकेश खतिवडा र सह–कोषाध्यक्षमा हिरानाथ महर्जन चयन भएका छन्।


केन्द्रीय समितिका सदस्यहरूमा सुजन लामिछाने, प्रमिला पुरी भारती, सुमन थापा, कृष्णहरि सापकोटा, प्रेमप्रसाद शर्मा पौडेल, राधिका शाही, गंगाराम बस्नेत, सुवास थापा, विष्णु अधिकारी र राजकुमार महर्जन निर्विरोध निर्वाचित भएका छन्। नयाँ समितिले संस्थाको संगठनात्मक मजबुतीमा जोड दिने अपेक्षा गरिएको छ।

साधारण सभामा शैक्षिक परामर्श क्षेत्रका वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे व्यापक छलफल गरिएको थियो। सहभागीहरूले क्षेत्रलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन एक्यानले अझ प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राखेका थिए।
नवनिर्वाचित नेतृत्वले शैक्षिक परामर्श व्यवसायलाई व्यावसायिक मापदण्डअनुसार अघि बढाउँदै सदस्यहरूको हकहित संरक्षण, नीतिगत सुधार र संस्थागत विकासमा सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता जनाएको छ। आगामी कार्यकालमा एक्यानले शैक्षिक परामर्श क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने विश्वास लिइएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज