Advertisement

ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव

Advertisement

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ग्रिनल्याण्ड अधिग्रहणका विभिन्न विकल्पहरूबारे छलफल गरिरहेको खुलासा भएपछि अमेरिका र युरोपेली देशहरूबीच कूटनीतिक तनाव चर्किएको छ ।

ह्वाइट हाउसले ग्रिनल्याण्डलाई अमेरिकाका लागि राष्ट्रिय सुरक्षाको सवाल भन्दै आवश्यकता परे सैन्य शक्तिको प्रयोग पनि एक विकल्पमा रहेको बताएपछि तनाव उत्पन्न भएको हो । राष्ट्रपति ट्रम्पले पछिल्लो समय पटक–पटक ‘हामीलाई ग्रिनल्याण्ड चाहिन्छ’ भन्ने अभिव्यक्ति दिनुभएको र यसले अन्तर्राष्ट्रिय चाँसो र प्रतिक्रिया बढाएको बीबीसीले जनाएको छ ।

डेनमार्क र युरोपेली देशहरू अमेरिका विरुद्ध एकजुट भएका छन् । बेलायत, फ्रान्स, जर्मनी, इटाली, पोल्यान्ड, स्पेन र डेनमार्कले संयुक्त वक्तव्य निकाल्दै ग्रिनल्याण्डको सार्वभौमिकता, भौगोलिक अखण्डता र अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न आग्रह गरेका छन् । डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सेनले चेतावनी दिँदै अमेरिकाबाट हुने कुनैपनि आक्रमणले नाटो गठबन्धन नै कमजोर वा समाप्त हुन सक्ने बताउनुभएको छ ।

ग्रिनल्याण्डका प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सेनले युरोपेली समर्थनको स्वागत गर्दै सम्मानजनक संवादको माग गर्नुभएको छ । तर अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिकाको उद्देश्य आक्रमण नभई डेनमार्कबाट ग्रिनल्याण्ड खरिद गर्ने वा विशेष सहकार्य गर्ने विकल्पमा छलफल केन्द्रीत रहेको बताउनुभएको छ । यद्यपि ह्वाइट हाउसले सेनाको प्रयोग सधैं सम्भावित विकल्प रहने यसअघि नै बताईसकेको छ ।

ग्रिनल्याण्डमा भने ट्रम्प प्रशासनको अभिव्यक्तिप्रति आक्रोश र डर दुवै देखिएको छ । नागरिकहरु आफूहरू कुनै किनबेचको वस्तु नभएको भन्दै कडा असन्तोष जनाइरहेका छन् । जनमत सर्वेक्षणहरूमा धेरैजसो ग्रिनल्याण्डवासी अमेरिकाको हिस्सा बन्ने कुराको विरोधमा देखिएका छन्, यद्यपि भविष्यमा डेनमार्कबाट पूर्ण स्वतन्त्रता चाहने चाहना पनि बलियो छ ।

विश्लेषकहरूका अनुसार, आर्कटिक क्षेत्रमा रूस र चीनको बढ्दो चासो, दुर्लभ खनिज स्रोत र नयाँ समुद्री व्यापार मार्गको सम्भावनाका कारण ग्रिनल्याण्ड विश्व शक्ति राष्ट्रहरूको चाँसोका रुपमा रहदै आएको छ । यही कारण ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोप सम्बन्धमा नयाँ भू–राजनीतिक चुनौती सिर्जना भएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज