Advertisement

मकवानपुरका दुई निर्वाचन क्षेत्रका लागि एमालेबाट नौजनाको नाम सिफारिस

Advertisement
२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा राजनीतिक दलहरूले निर्वाचन तयारी तीव्र पारेका छन् । निर्वाचनलाई लक्षित गर्दै दलहरू उम्मेदवार सिफारिसलगायत आन्तरिक प्रक्रियामा छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमाले मकवानपुरले जिल्लाका दुई निर्वाचन क्षेत्रका लागि नौजनाको नाम सिफारिस गरेको छ । शनिबार बसेको निर्वाचन क्षेत्रीय समन्वय कमिटी बैठक र आइतबार बसेको जिल्ला कमिटी बैठकले उम्मेदवार सिफारिस गरेको हो ।

एमालेले मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट सातजनाको नाम सिफारिस गरेको छ । सिफारिस हुनेमा केन्द्रीय सदस्य रामेश्वर राना, प्रदेश सांसद एकालाल श्रेष्ठ, जिल्ला उपाध्यक्ष हिदम लामा, पार्टी नेताहरू मदनकुमार दाहाल, पूर्वसांसद कृष्णप्रसाद दाहाल, पूर्वराष्ट्रिय सभा सदस्य रामचन्द्र राई र नारायणप्रसाद सापकोटा रहेका छन्।

यस्तै, निर्वाचन क्षेत्र नम्बर–२ बाट एमाले केन्द्रीय सदस्य तथा निवर्तमान सचेतक महेशकुमार बर्तौला र पार्टी नेता सुवासचन्द्र ठकुरीको नाम सिफारिस भएको छ । जिल्ला कमिटीले सिफारिस गरेका नामहरू प्रदेश कमिटी हुँदै केन्द्रीय कमिटीमा पठाइने र पार्टीको अन्तिम निर्णयअनुसार उम्मेदवार छनोट गरिने जनाएको छ।

यसअघि, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुरले पनि प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । पार्टीले निर्वाचन क्षेत्र नम्बर–१ बाट विरोध खतिवडा र विजय गौतमसहित १३ जनाको नाम सिफारिस गरेको छ भने क्षेत्र नम्बर–२ बाट विरोध खतिवडा, रामनारायण बिडारी, वीरबहादुर घलान, लवशेर विष्ट, सागर उप्रेती र किशोर बर्तौलाको नाम सिफारिस गरेको जनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट केन्द्रीय सदस्य दीपकबहादुर सिंहको एकल नाम सिफारिस गरेको छ । कांग्रेसले भने प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरिएका नेताहरूको नाम सार्वजनिक गरेको छैन ।

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज