Advertisement

उपत्यकामा १५ मध्ये १२ निर्वाचन क्षेत्रमा महिला निर्वाचन अधिकृत 

Advertisement
उपत्यकाका १५ मध्ये १२ निर्वाचन क्षेत्रमा महिलालाई निर्वाचन अधिकृतका रूपमा खटाउने निर्णय भएको छ। २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाउने निर्णय गरेको हो। जसमा उपत्यकामा ठुलो संख्यामा महिला कर्मचारीलाई जिम्मेवारी दिइएको छ।

काठमाडौं नौ, ललितपुरमा दुई र भक्तपुरमा एक निर्वाचन क्षेत्रमा महिलालाई निर्वाचन अधिकृत तोकिएको छ।

काठमाडौंको क्षेत्र नम्बर १ मा काठमाडौं जिल्ला अदालतका न्यायाधीश चुरामान खड्कालाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ। बाँकी नौ क्षेत्रमा महिला छन्। क्षेत्र नम्बर २ मा शान्ति न्यौपाने, ३ मा चमिला भट्टराई, ४ मा कृष्णा भण्डारी, ५ मा श्रद्धा रिजाल, ६ मा चपला पोखरेल, ७ मा सबिता शर्मा, ८ मा सम्झना खनाल, ९ मा मनुका घिमिरे र १० मा अमृताकुमारी शर्मा छन्।

त्यस्तै, ललितपुरको क्षेत्र नम्बर ३ मा न्यायाधीश पुनाराम खनाललाई मुख्य निर्वाचन अधिकृत बनाइएको छ। क्षेत्र नम्बर २ मा सम्झना सिंखडा पुडासैनी र क्षेत्र नम्बर १ मा इशा सुवेदीलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ।

भक्तपुरको क्षेत्र नम्बर १ मा जिल्ला न्यायाधीश नवराज दाहाललाई मुख्य निर्वाचन अधिकृत तथा क्षेत्र नम्बर २ मा राधिका सुवाललाई निर्वाचन अधिकृत खटाइएको छ।

आयोगले आइतबार १६५ क्षेत्रमा निर्वाचन अधिकृत खटाउने निर्णय गरेको छ। ७७ न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तथा न्यायसेवाका अन्य ८८ सहसचिव र उपसचिवलाई निर्वाचन अधिकृतमा खटाइएको हो। २ माघदेखि कार्यालय स्थापना गरी उनीहरूलाई निर्वाचनसम्बन्धी कार्यक्रम सुरु गर्न भनिएको छ।
निर्वाचन कार्यतालिकाअनुसार ६ माघमा प्रत्यक्षतर्फको मनोनयन दर्ता हुँदै छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
बझाङमा ट्याक्टर दुर्घटना, चालकसहित ६ जना घाइते

बझाङमा ट्याक्टर दुर्घटना, चालकसहित ६ जना घाइते

बझाङ- जयपृथ्वी नगरपालिका–११ सिमभाडीमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। भोपुरबाट चैनपुरतर्फ आउँदै गरेको सुदू...
महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारूको शव फेला

महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारूको शव फेला

कञ्चनपुरको महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असई सागरराज थारूको शव पाँच दिनपछि फेला परेको छ। असोज २४ गते चुँडिएको नेप...
सुदूरपश्चिममा बजेटप्रति असन्तुष्टि, एमालेका प्रदेशसभा सदस्य थापाद्वारा राजीनामा

सुदूरपश्चिममा बजेटप्रति असन्तुष्टि, एमालेका प्रदेशसभा सदस्य थापाद्वारा राजीनामा

धनगढी - सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै नेकपा (एमाले) का प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री वीरबहादु...
भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन

भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन

काठमाण्डौ- गएको भदौ १० गते रसुवा–केरुङ क्षेत्रमा आएको विनाशकारी बाढीअघि लाङटाङ लिरुङ हिमालको उत्तरी भिरमा ४० सेन्टिमिटरसम्म भू–विस...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज