Advertisement

बझाङको बित्थडचिरमा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

Advertisement

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा सातौँ पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। वडा नम्बर ९ मा रहेको सुनकुडा माध्यमिक विद्यालयको खेलमैदानमा आज आइतबारदेखि प्रतियोगिता सुरु भएको हो।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ सुरु भएको प्रतियोगितामा गाउँपालिका भित्रका ६ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको वडाध्यक्ष तथा पालिका प्रवक्ता हरिचन्द्र जोशीले जानकारी दिए। प्रतियोगिताअन्तर्गत छात्र–छात्रा भलिबल, कबड्डी तथा एथलेटिक्स लगायतका खेलहरू सञ्चालन भइरहेका छन्।
पालिकास्तरीय प्रतियोगिताबाट छनोट भएका उत्कृष्ट खेलाडीहरूलाई जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डका लागि सहभागी गराइने गाउँपालिकाले जनाएको छ। उद्घाटन कार्यक्रम गाउँपालिकाका सामाजिक विकास संयोजक तथा वडा नं ७ का अध्यक्ष दिनेश अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पालिका उपाध्यक्ष धनलक्ष्मी सिंह मल्लको रहनु भएको थियोे । कार्यक्रममा गाउँपालिका तथा वडाका जनप्रतिनिधि, गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख प्रतिनिधि, राजनीति दलका प्रमुख प्रतिनिधि, अभिभावक शिक्षक लगायत अतिथि रहनुभएको थियोे । प्रतियोगिता निष्पक्ष ढंगले सञ्चालन गर्न, खेलाडीलाई अनुशासित तवरमा खेल्न प्रमुख अतिथि मल्ल आग्रह गर्नुभएको थियोे । त्यस्तै खेल र खेलाडीको सर्वाङ्गीण विकासका लागि पालिका लागिरहेको समेत बताउनुभयो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज