Advertisement

रामारोशनमा माओवादी कमजोर बन्दै, तीन वडा अध्यक्ष प्रगतिशील लोकतान्त्रिक पार्टीमा प्रवेश

Advertisement

धनगढी- अछामको रामारोशन गाउँपालिकामा नेकपा माओवादी केन्द्रको प्रभाव कमजोर बन्दै गएको संकेत देखिएको छ। माओवादी केन्द्रबाट निर्वाचित तीन जना वडा अध्यक्षले पार्टी परित्याग गर्दै प्रगतिशील लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका छन्।
रामारोशन गाउँपालिका वडा नम्बर १, २ र ६ का वडा अध्यक्षहरू क्रमशः चक्र साउँद, मीनबहादुर परियार र सुशील साउँद प्रगतिशील लोकतान्त्रिक पार्टीमा आबद्ध भएका हुन्।
नेकपा माओवादी केन्द्रबाट अलग्गिएर गठन भएको प्रगतिशील लोकतान्त्रिक पार्टीले अछाममा माओवादीको परम्परागत प्रभाव क्षेत्र कमजोर पार्दै अघि बढिरहेको चर्चा स्थानीय राजनीतिक वृत्तमा चल्न थालेको छ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य दीपक साउँदका अनुसार नवप्रवेशी वडा अध्यक्षहरूलाई पार्टीको प्रदेश समिति सदस्यको जिम्मेवारीसमेत दिइएको छ।
साउँदले जनाएअनुसार अछाम जिल्लाका जनयुद्धका बन्दी परिवार, सहिद परिवार तथा घाइते परिवारहरूले समेत प्रगतिशील लोकतान्त्रिक पार्टीलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
यस घटनाक्रमले आगामी दिनमा अछाम जिल्लाको राजनीतिक समीकरणमा उल्लेखनीय परिवर्तन आउन सक्ने संकेत देखिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज