Advertisement

बझाङमा नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा सम्पन्न, एमाले नेतृत्वमाथि चर्को प्रहार

Advertisement

चैनपुर- बझाङ नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा कार्यक्रम सम्पन्न भएको छ। सदरमुकाम चैनपुरको खुला मञ्चमा बुधबार पार्टीको एकता सन्देश सभा कार्यक्रम सम्पन्न भएको हो ।

पार्टीका प्रभावशाली नेता डा. भीम रावलको प्रमुख आतिथ्यतामा आयोजित सभामा खगराज भट्ट र भानुभक्त जोशीलगायत नेताहरूको उपस्थिति रहेको थियो।
सभाअघि जिल्लाका विभिन्न स्थानबाट आएका नेताकार्यकर्ताहरूले बाजागाजासहित चैनपुर बजारमा र्‍याली निकालेका थिए। गत कात्तिकमा काठमाडौंमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित एक दर्जनभन्दा बढी वाम घटकबीच एकता घोषणा भएपछि देशभर एकता सन्देश सभा आयोजना हुँदै आएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय नेता प्रकाश शाहले एमाले नेतृत्वले पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारीलगायत संस्थापक नेताहरूको योगदान उपेक्षा गरेको आरोप लगाए। उनले अध्यक्ष केपी शर्मा ओलीले पार्टी र राज्यलाई निरङ्कुशतातर्फ धकेलेको दाबी गर्दै तानाशाही प्रवृत्तिका कारण एमाले छाड्न बाध्य हुनुपरेको बताए। शाहले नेपाली कम्युनिष्ट पार्टीले लोकतान्त्रिक मूल्य र सामूहिक नेतृत्वलाई पुनः स्थापित गर्ने दाबी गरे।
पार्टी नेता खगराज भट्टले राजनीतिक दल र नेतामाथि उठेका प्रश्न र आलोचनाको जवाफ दिन आफूहरू तयार रहेको बताए। जनआक्रोशलाई आत्मालोचनाका रूपमा लिएर समाधानतर्फ अघि बढ्ने प्रतिबद्धता जनाउँदै उनले सुशासन, जवाफदेहिता र जनजीविकाका मुद्दालाई प्राथमिकतामा राखिने बताए।
त्यस्तै, बझाङ तथा पार्टीका प्रभावसाली नेता भानुभक्त जोशीले गणतन्त्र जनताको गाँस, बास र कपास सुधारका लागि स्थापना भए पनि अपेक्षित सुधार हुन नसकेको उल्लेख गरे। फरक सोचसहित आफूहरू नेपाली कम्युनिष्ट पार्टीमा आएको बताउँदै उनले बझाङका सडक, स्वास्थ्य, शिक्षा, सिँचाइ र पर्यटन क्षेत्रका समस्या समाधानमा सक्रिय रहने प्रतिबद्धता जनाए।
प्रमुख अतिथि डा. भीम रावलले देशभक्तहरू स्वाधीनता बचाउन एकजुट हुनुपर्नेमा जोडदिए । कार्यक्रममा बोल्दै उनलेे देशको स्वाधीनता खतरामा रहेको भन्दै बचाउन नेपाली कम्युनिष्ट पार्टी लागेको बताए  । उनलेे देश र जनताको रक्षा गर्न नसक्ने पार्टीको पछि नलाग्ने र नेपाली कम्युनिष्ट पार्टीसँग जोडिन आग्रह गरे ।

त्यस्तै एमालेमा रहँदा आफूले उठाएको आवाज अहिले केही नेताहरूले उठाउन थालेको देख्दा खुसी लागेको बताए। उनले १०औँ महाधिवेशनमा लोकतान्त्रिक अभ्यासको पक्षमा बोलेको कारण पार्टीबाट निकालिएको उल्लेख गर्दै ढिलै भए पनि एमालेभित्रै ओली नेतृत्वमाथि प्रश्न उठ्न थालेको टिप्पणी गरे। साथै रावलले विद्या भण्डारीको सदस्यता नवीकरणका विषयमा ओलीमाथि हस्तक्षेप गरेको आरोप लगाए।

कार्यक्रममा जिल्लाभरबाट हजारौंको संख्यामा नेताकार्यकर्ताको बाक्लो उपस्थित रहेको थियोे । त्यस्तै विभिन्न पार्टी परित्याग गरि ठूलो संख्यामा नेताकार्यकर्ताहरू नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज