Advertisement

बित्थडचिरका प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको डेढ महिनामै सरुवा, छोटो समयमा नमुनात्मक काम

Advertisement

देउलेख- बझाङको बित्थडचिर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर ज्ञवाली डेढ महिनामै सरुवा भएका छन् । ज्ञवाली कार्तिक १८ गते गाउँपालिकाको कार्यालयमा हाजिर भएका थिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत भदौ १२ गते श्रम तथा रोजगार मन्त्रालयमा कार्यरत ज्ञवालीलाई बित्थडचिर गाउँपालिकामा खटाएको थियो ।
सरुवा भएसँगै ज्ञवाली अब संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय जाने तयारीमा रहेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरुवा भएपछि गाउँपालिका केही समयका लागि प्रशासकीय नेतृत्वविहीन हुने भएको छ, जसका कारण प्रशासनिक कामकाज प्रभावित हुने देखिएको छ ।  सरुवा भएका प्रमुखको गाउँपालिकाले मंगलबार उनको कार्यको सम्मान सहित बिदाइ गर्दैछ ।
यता गाउँपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइदिन माग गर्दै सम्बन्धित मन्त्रालयमा पत्राचार गर्ने तयारी गरेको जनाएको छ ।

छोटो समयमा नमुनात्मक काम
डेढ महिनाको छोटो कार्यकालमै प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले गाउँपालिकामा नमुनात्मक र महत्वपूर्ण सुधारात्मक कामहरू गरेका छन् । उनले गाउँपालिकामा सुशासन कायम गर्न पहल, मासिक प्रगति विवरण तयार गर्ने प्रणाली, तथा स्व–तह प्रशासन कार्यको सुरुवात गरेका छन् ।
सेवा प्रवाहलाई प्रभावकारी बनाउन उनले प्रत्येक बिहान आधा घण्टा कर्मचारीसँग दैनिकी कार्ययोजना सम्बन्धी छलफल गर्ने अभ्यास सुरु गरिएको छ । त्यसैगरी कर्मचारीलाई कामप्रति उत्तरदायी बनाउन दैनिक प्रगति विवरण राख्ने व्यवस्था, वार्षिक योजनाको कार्ययोजना तयारी, तथा दरबन्दी बाहेकका अस्थायी कर्मचारी हटाइएको छ ।
यसका साथै, उनले आफूले प्राप्त गरेको प्रमुख प्रशासकीय अधिकृत सम्बन्धी तालिमको ज्ञान कर्मचारीलाई प्रशिक्षणमार्फत हस्तान्तरण गरेको बताए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज