Advertisement

बित्थडचिरका प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको डेढ महिनामै सरुवा, छोटो समयमा नमुनात्मक काम

Advertisement

देउलेख- बझाङको बित्थडचिर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर ज्ञवाली डेढ महिनामै सरुवा भएका छन् । ज्ञवाली कार्तिक १८ गते गाउँपालिकाको कार्यालयमा हाजिर भएका थिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत भदौ १२ गते श्रम तथा रोजगार मन्त्रालयमा कार्यरत ज्ञवालीलाई बित्थडचिर गाउँपालिकामा खटाएको थियो ।
सरुवा भएसँगै ज्ञवाली अब संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय जाने तयारीमा रहेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरुवा भएपछि गाउँपालिका केही समयका लागि प्रशासकीय नेतृत्वविहीन हुने भएको छ, जसका कारण प्रशासनिक कामकाज प्रभावित हुने देखिएको छ ।  सरुवा भएका प्रमुखको गाउँपालिकाले मंगलबार उनको कार्यको सम्मान सहित बिदाइ गर्दैछ ।
यता गाउँपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइदिन माग गर्दै सम्बन्धित मन्त्रालयमा पत्राचार गर्ने तयारी गरेको जनाएको छ ।

छोटो समयमा नमुनात्मक काम
डेढ महिनाको छोटो कार्यकालमै प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले गाउँपालिकामा नमुनात्मक र महत्वपूर्ण सुधारात्मक कामहरू गरेका छन् । उनले गाउँपालिकामा सुशासन कायम गर्न पहल, मासिक प्रगति विवरण तयार गर्ने प्रणाली, तथा स्व–तह प्रशासन कार्यको सुरुवात गरेका छन् ।
सेवा प्रवाहलाई प्रभावकारी बनाउन उनले प्रत्येक बिहान आधा घण्टा कर्मचारीसँग दैनिकी कार्ययोजना सम्बन्धी छलफल गर्ने अभ्यास सुरु गरिएको छ । त्यसैगरी कर्मचारीलाई कामप्रति उत्तरदायी बनाउन दैनिक प्रगति विवरण राख्ने व्यवस्था, वार्षिक योजनाको कार्ययोजना तयारी, तथा दरबन्दी बाहेकका अस्थायी कर्मचारी हटाइएको छ ।
यसका साथै, उनले आफूले प्राप्त गरेको प्रमुख प्रशासकीय अधिकृत सम्बन्धी तालिमको ज्ञान कर्मचारीलाई प्रशिक्षणमार्फत हस्तान्तरण गरेको बताए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज