Advertisement

सुनकुडा धारी- डोबा ग्रामीण सडक वर्षौंदेखि अलपत्र, तत्काल निर्माणको माग गर्दै पालिकालाई ज्ञापनपत्र

Advertisement

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ अन्तर्गत सुनकुडा धारी- डोबा ग्रामीण सडक वर्षौंदेखि अलपत्र अवस्थामा छ । साविक सुनकुडा गाविसको बेला २०६८ सालदेखि बजेट विनियोजन हुँदै आएको सुनकुडा धारी- डोबा ग्रामीण सडक अहिलेसम्म निर्माण कार्य सम्पन्न हुन नसकेर अलपत्र अवस्थामा रहेको हो ।

बर्षौसम्म सडक अलपत्र परेपछि स्थानीयवासीले तत्काल निर्माण कार्य अघि बढाउन माग गर्दै गाउँपालिकालाई ज्ञापन–पत्र बुझाएका छन्।
आइतबार अवरुद्ध सडक संघर्ष समितिले सडक निकासाको मागसहित गाउँपालिकाका प्रमुखलाई अवरुद्ध सडक संघर्ष समिति संयोजक लालबहादुर ढाँट सहितको टिमले ज्ञापनपत्र बुझाएको हो ।
उक्त ज्ञापनपत्रमा क्षेत्र भौगोलिक रूपमा अत्यन्तै दुर्गम रहेको र जनसंख्या धेरै भए पनि सडक, शिक्षा, स्वास्थ्य तथा दैनिक उपभोग्य सामग्रीको सहज पहुँचबाट वञ्चित हुनुपरेको उल्लेख गरिएको छ। स्थानीयका अनुसार गाउँपालिका केन्द्र, वडा कार्यालय, धार्मिक स्थल तथा विद्यालयसम्म आवतजावत गर्नसमेत समस्या भइरहेको छ।
ज्ञापन–पत्रमा २०६८ सालदेखि हालसम्म सुनकुडा धारी- डोबा ग्रामीण सडक निर्माणका लागि विभिन्न शीर्षकबाट करिब ६ करोड ५२ लाख रुपैयाँभन्दा बढी बजेट विनियोजन भए पनि सडक अझै पूर्ण रूपमा निर्माण हुन नसकेको जनाइएको छ। पटकपटक निर्माण कार्य सुरु भए पनि बीचमै रोकिँदा स्थानीयवासीले बनाएको पैदलमार्गसमेत पुनः अवरुद्ध भएको उल्लेख छ।

उक्त सडक अन्तर्गत उडी र रैकोशी गाउँ जोडने विचमा ठूलो भिर परेको पारिमेला पखानको बिच सम्ममा २०७५ सालमा सडक निर्माण भएको थियोे । पैदल मार्ग समेत बन्द हुने गरि सडक निर्माण कार्य छोडिएपछि सो क्षेत्रका जनताहरुको जनश्रमदानबाट पैदल मार्ग निर्माण गरि आवतजावत गर्दैआएका थिए। पुनः २०८२ साल साउन महिनामा बित्थडचिर गाउँपालिकाको स्काइभेटर गएर करिब १०० मिटर जति सडक निर्माण कार्य गरेको थियोे । फेरि जनताहरुको जनश्रमदानबाट निर्माण गरेको पैदल मार्ग पनि बन्द भएको छ ।

सडक निर्माण कार्यले निरन्तरता नपाउँदा स्थानीयको दैनिकी झनै कष्टकर बनेको जनाइएको छ। सडक नहुँदा मेलापात, कृषि कार्य, उपचार र आपतकालीन सेवामा समेत गम्भीर समस्या उत्पन्न भएको स्थानीयको गुनासो छ।
ज्ञापन–पत्रमार्फत सडक निर्माण कार्य १ हप्ता भित्र सञ्चालन नभएमा वडा कार्यालयमा तालाबन्दी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म उजुरी तथा चरणबद्ध आन्दोलनमा जान बाध्य हुने चेतावनी दिइएको छ।
सडक निर्माण संघर्ष समितिले सम्बन्धित निकायलाई शीघ्र पहल गरी सुनकुडा धारी- डोबा ग्रामीण सडक निर्माण कार्य अविलम्ब अघि बढाउन माग गरेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज