Advertisement

६ दशकपछि सुनकुडा माविले पहिलोपटक औपचारिक रूपमा वार्षिकोत्सव मनायो, विज्ञान प्रदर्शनीमा भैरव मावि झोता प्रथम

Advertisement

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका-९ मा रहेको सुनकुडा माध्यमिक विद्यालयले स्थापना भएको ६ दशकपछि वार्षिकोत्सब मनाएको छ । विद्यालयले पहिलोपटक औपचारिक रुपमा ६४ औं वार्षिकोत्सब मनाएको हो ।
२०१७ सालमा स्थापना भएको विद्यालयले सप्ताहव्यापी विविध कार्यक्रम सम्पन्न गर्दै सोमबार एक विशेष समारोहकाबीच वार्षिकोत्सव मनाएको विद्यालय प्रशासनले जनाएको छ।

वार्षिकोत्सवलाई लक्षित गर्दै विद्यालयले विज्ञान सामग्री प्रदर्शनी कार्यक्रम आयोजना गरेको थियोे । उक्त प्रदर्शनीमा जिल्लाका ९ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो। विद्यार्थीमा विज्ञानप्रतिको रुचि तथा व्यवहारिक ज्ञान अभिवृद्धि गराउन आयोजना गरिएको प्रदर्शनीमा भैरव माध्यमिक विद्यालय झोता प्रथम, आयोजक विद्यालय सुनकुडा द्वितीय, शिक्षोदय माध्यमिक विद्यालय बागथला तृतीय, र जनप्रिय माध्यमिक विद्यालय बगडगाउँ सान्त्वना भएको विद्यालयले जनाएको छ।

प्रदर्शनीमा विद्यार्थीहरूले निर्माण गरेका विभिन्न विज्ञान सामग्री प्रदर्शन गरिएको थियो। विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा, सहकार्य र विद्यार्थीको सिर्जनात्मक क्षमतालाई उजागर गर्न प्रदर्शनी कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक मदनबहादुर बमले बताउनुभएको छ ।
प्रतियोगितामा प्रथम विद्यालयलाई १५ हजार, द्वितीयलाई १० हजार, तृतीयलाई ७ हजार र सान्त्वनालाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ। यस्तै, सप्ताहव्यापी अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पनि पुरस्कृत गरिएको थियो। वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने, अनुशासित र उच्च जिपिए प्राप्त गर्ने विद्यार्थीलाई समेत सम्मान गरिएको विद्यालयले जनाएको छ।कार्यक्रमका क्रममा विद्यालयमा योगदान पुर्‍याउने व्यक्तित्व, संस्थापक तथा जग्गादातालाई कदरपत्र तथा सम्मान प्रदान गरिएको थियो।

शिक्षक अभिभावक संघका अध्यक्ष धर्म मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष धनलक्ष्मी सिंह मल्ल प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रममा १ देखि ९ नम्बर वडाध्यक्ष, विभिन्न जनप्रतिनिधि, राजनीति दलका प्रतिनिधि, अभिभावक, शिक्षक तथा सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो। प्रमुख जिल्ला अधिकारी कैलाश ठकुराठी, सुरक्षा निकायका प्रमुख तथा सामाजिक विकास कार्यालय प्रमुख प्रयागराज जोशी समेत उपस्थित भएका थिए।
कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यालयको समग्र प्रगति, विद्यार्थीको सक्रियता तथा शिक्षक अभिभावकको सहकार्यप्रति प्रशंसा गर्नुभएको थियोे । विज्ञान प्रदर्शनीमार्फत विद्यार्थीको व्यवहारिक ज्ञान र सिर्जनात्मकता मजबुत बनेको भन्दै यस्ता कार्यक्रमले विद्यालयको शैक्षिक गुणस्तर उकास्न सहयोग गर्ने धारणा वक्ताहरूले राखेका थिए ।
वक्ताहरूले आगामी दिनमा प्रविधिमैत्री सिकाइ, गुणस्तरीय शिक्षा र सह-पाठ्यक्रम गतिविधिलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै विद्यालयलाई अझ प्रतिस्पर्धी शिक्षालयका रूपमा विकसित गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका छन् । कार्यक्रमको सञ्चालन शिक्षक जयराज अवस्थीले गर्नुभएको थियो।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज