Advertisement

६ दशकपछि सुनकुडा माविले पहिलोपटक औपचारिक रूपमा वार्षिकोत्सव मनायो, विज्ञान प्रदर्शनीमा भैरव मावि झोता प्रथम

Advertisement

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका-९ मा रहेको सुनकुडा माध्यमिक विद्यालयले स्थापना भएको ६ दशकपछि वार्षिकोत्सब मनाएको छ । विद्यालयले पहिलोपटक औपचारिक रुपमा ६४ औं वार्षिकोत्सब मनाएको हो ।
२०१७ सालमा स्थापना भएको विद्यालयले सप्ताहव्यापी विविध कार्यक्रम सम्पन्न गर्दै सोमबार एक विशेष समारोहकाबीच वार्षिकोत्सव मनाएको विद्यालय प्रशासनले जनाएको छ।

वार्षिकोत्सवलाई लक्षित गर्दै विद्यालयले विज्ञान सामग्री प्रदर्शनी कार्यक्रम आयोजना गरेको थियोे । उक्त प्रदर्शनीमा जिल्लाका ९ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो। विद्यार्थीमा विज्ञानप्रतिको रुचि तथा व्यवहारिक ज्ञान अभिवृद्धि गराउन आयोजना गरिएको प्रदर्शनीमा भैरव माध्यमिक विद्यालय झोता प्रथम, आयोजक विद्यालय सुनकुडा द्वितीय, शिक्षोदय माध्यमिक विद्यालय बागथला तृतीय, र जनप्रिय माध्यमिक विद्यालय बगडगाउँ सान्त्वना भएको विद्यालयले जनाएको छ।

प्रदर्शनीमा विद्यार्थीहरूले निर्माण गरेका विभिन्न विज्ञान सामग्री प्रदर्शन गरिएको थियो। विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा, सहकार्य र विद्यार्थीको सिर्जनात्मक क्षमतालाई उजागर गर्न प्रदर्शनी कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक मदनबहादुर बमले बताउनुभएको छ ।
प्रतियोगितामा प्रथम विद्यालयलाई १५ हजार, द्वितीयलाई १० हजार, तृतीयलाई ७ हजार र सान्त्वनालाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ। यस्तै, सप्ताहव्यापी अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पनि पुरस्कृत गरिएको थियो। वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने, अनुशासित र उच्च जिपिए प्राप्त गर्ने विद्यार्थीलाई समेत सम्मान गरिएको विद्यालयले जनाएको छ।कार्यक्रमका क्रममा विद्यालयमा योगदान पुर्‍याउने व्यक्तित्व, संस्थापक तथा जग्गादातालाई कदरपत्र तथा सम्मान प्रदान गरिएको थियो।

शिक्षक अभिभावक संघका अध्यक्ष धर्म मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष धनलक्ष्मी सिंह मल्ल प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रममा १ देखि ९ नम्बर वडाध्यक्ष, विभिन्न जनप्रतिनिधि, राजनीति दलका प्रतिनिधि, अभिभावक, शिक्षक तथा सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो। प्रमुख जिल्ला अधिकारी कैलाश ठकुराठी, सुरक्षा निकायका प्रमुख तथा सामाजिक विकास कार्यालय प्रमुख प्रयागराज जोशी समेत उपस्थित भएका थिए।
कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यालयको समग्र प्रगति, विद्यार्थीको सक्रियता तथा शिक्षक अभिभावकको सहकार्यप्रति प्रशंसा गर्नुभएको थियोे । विज्ञान प्रदर्शनीमार्फत विद्यार्थीको व्यवहारिक ज्ञान र सिर्जनात्मकता मजबुत बनेको भन्दै यस्ता कार्यक्रमले विद्यालयको शैक्षिक गुणस्तर उकास्न सहयोग गर्ने धारणा वक्ताहरूले राखेका थिए ।
वक्ताहरूले आगामी दिनमा प्रविधिमैत्री सिकाइ, गुणस्तरीय शिक्षा र सह-पाठ्यक्रम गतिविधिलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै विद्यालयलाई अझ प्रतिस्पर्धी शिक्षालयका रूपमा विकसित गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका छन् । कार्यक्रमको सञ्चालन शिक्षक जयराज अवस्थीले गर्नुभएको थियो।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज