Advertisement

एनपिएलमा सुदूरपश्चिम रोयल्सको अपराजित यात्रा जारी, जनकपुर बोल्ट्सलाई हराउँदै प्लेअफमा

Advertisement

काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्स अपराजित यात्रा जारी राख्दै प्लेअफमा पुगेको छ ।
आज त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा साविक उपविजेता सुदूरपश्चिमले साविक विजेता जनकपुर बोल्ट्सलाई ६ विकेटले हराएको हो ।
पाँचौँ खेलसम्म जितको लय कायम राखेको सुदूरपश्चिम लिग चरणको दुई खेल अगावै प्लेअफमा पुगेको हो । जनकपुरलको निराशा भने अझै रोकिएको छैन ।
जितसँगै १० अङ्क बनाएको सुदूरपश्चिम तालिकाको शीर्षस्थानमा छ । लगातार चौथो हार खेपेको जनकपुरले अङ्कको खाता खोल्न सकेको छैन । यस हारले तालिकाको अन्तिममा रहेको जनकपुरको अगाडि बढ्ने सम्भावना कमजोर बनेको छ ।
जितका लागि १४६ रनको मध्यम लक्ष्य पछ्याएको सुदूरपश्चिमले १७.४ ओभरका चार विकेटको क्षतिमा एक सय ४८ रन जोड्दै लक्ष्य पूरा गरेको थियो ।
सुदूरपश्चिमका लागि इशान पाण्डेले अर्धशतकीय इनिङ्स खेल्नुभयो । उहाँले ३५ बलमा आठ चौका र एक छक्काको सहयोगमा सर्वाधिक ५६ रन बनाउनुभयो । यस्तै विनोद भण्डारीले ४२ रन बनाउनुभयो । कप्तान दीपेन्द्रसिंह ऐरीले १० र हर्मित सिंहले अविजित २५ रन बनाउनुभयो ।
बलिङमा जनकपुरका माज सदाकतले दुई तथा सन्जय कृष्णमूर्ति र आदित्य महताले एक एक विकेट लिनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको जनकपुरले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ४५ रन बनाएको थियो ।
जनकपुरका लागि सन्जय कृष्णमूर्तिले अर्धशतकीय इनिङ्स खेल्नुभयो । उहाँले ३८ बलमा चार चौका र दुई छक्काको सहयोगमा ५० रन बनाउनुभयो ।

यस्तै जान निकोल लफ्टी इटोनले ३९, आदित्य महताले १५, ओपनर माज सदाकतले १० र कप्तान वेयन पर्नेलले १४ रन बनाउनुभयो । जनकपुरले सुदूरपश्चिम विरुद्ध नियमित कप्तान अनिल शाहलाई आराम दिएर वेयनको कप्तानीमा खेलेको हो ।
बलिङमा सुदूरपश्चिमका अविनास बोहराले चार विकेट लिनुभयो । यस्तै स्कट कग्लेइजीनले तीन तथा कप्तान दीपेन्द्रसिंह ऐरीले एक विकेट लिनुभयो । एनपिएलअन्तर्गत आइतबार कर्णाली याक्स र काठमान्डु गोर्खजबिच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज