Advertisement

हरेक महिनाको तेस्रो शनिबार : ग्रीन सिटी हेल्थ क्लिनिकमा कलेजो तथा पेट रोग विशेषज्ञको सेवा

Advertisement

नेपालगन्ज, बाँके।
हरेक महिनाको तेस्रो शनिबार काठमाडौँस्थित  नर्भिक अस्पतालमा कार्यरत कलेजो तथा पेट रोग विशेषज्ञ डा. शेखर पौडेलले ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी प्रा.लि., नेपालगन्जमा विशेषज्ञ सेवा प्रदान गर्दै आएका छन्। ‘Better Gut, Better Liver, Best Life’ भन्ने नारासहित क्लिनिकले दीर्घरोगीका लागि नियमित विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको छ।

डा. पौडेल DM Gastroenterology (AIIMS, New Delhi) तथा Fellowship in Transplant Hepatology (Max Hospital, Delhi) प्राप्त विशेषज्ञ हुन्। पेट तथा कलेजोसम्बन्धी जटिल रोगको उपचारमा उनको अनुभव उच्च मानिन्छ।

हेपाटाइटिस बढ्दो चुनौती : ३० करोडभन्दा बढी प्रभावित

विश्वमा करिब ३० करोड मानिस हेपाटाइटिसको गम्भीर संक्रमणबाट पीडित छन् भने हेपाटाइटिस ‘बी’ र ‘सी’ का कारण मात्र हरेक वर्ष १३–१४ लाख मानिसको मृत्यु हुने तथ्याङ्कले देखाएको छ।

नेपालमा आधिकारिक तथ्याङ्क उपलब्ध नभए पनि चिकित्सकहरूको अनुमान अनुसार ३ लाखभन्दा बढी नेपाली हेपाटाइटिसको जोखिममा छन्।
डा. पौडेलका अनुसार, कलेजोको समस्या लिएर आउने धेरै बिरामीमा हेपाटाइटिस ‘बी’ र ‘सी’ को संक्रमण पाइन्छ, जुन धेरैजसो अवस्थामा ढिलो थाहा हुने गर्दछ।

सुरुवाती लक्षणहरू

हेपाटाइटिसका सुरुवाती लक्षण यसप्रकार छन्:
• पेट दुख्ने
• ज्वरो आउने
• शरीर दुख्ने
• जन्डिस हुने
• वाकवाकी लाग्ने

डा. पौडेलका अनुसार हेपाटाइटिस ‘ए’ र ‘ई’ का संक्रमण प्रायः आफैं निको हुने गर्छन्। तर ‘बी’ र ‘सी’ का संक्रमण दीर्घरूप (क्रोनिक) मा बदलिन सक्ने भएकाले जोखिम बढी हुन्छ।
यस्ता रोगमा कलेजो बिस्तारै नोक्सान हुँदै जाने तर बाह्य लक्षण नदेखिने भएकाले ढिलो थाहा पाउने अवस्था धेरै देखिन्छ। यस्तो संक्रमण क्यान्सर वा सिरोसिसमा परिणत हुनसक्ने डा. पौडेल बताउँछन्।

उपचार र रोकथाम
• हेपाटाइटिस ‘सी’ : करिब १२ हप्तासम्म निरन्तर औषधि खाँदा पूर्णरूपमा निको हुन्छ।
• हेपाटाइटिस ‘बी’ : पूर्ण रूपमा निको नहुने भए पनि कलेजोमा क्षति हुने जोखिम कम गराउने प्रभावकारी औषधि उपलब्ध छ।
• भ्याक्सिन : परिवारका सदस्यमा संक्रमण देखिएमा अन्य सदस्यले भ्याक्सिन लगाए संक्रमण फैलिन रोकिन्छ।

डा. पौडेलका अनुसार, समयमै उपचार सुरु गरेमा कलेजोमा क्यान्सर वा सिरोसिस जस्ता जटिलता कम गर्न सकिन्छ।

सेवा प्राप्त गर्ने तरिका
स्थान:
ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी प्रा.लि.
वी.पी. चोक, नेपालगन्ज, बाँके
सम्पर्क:
☎ ०८१–५३०१०५
📱 ९७०५३००४५०

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज