Advertisement

चैनपुर-ताक्लाकोट सडक भासिपछि यातायात अवरुद्ध

Advertisement

बझाङ- चैनपुर-ताक्लाकोट सडक भासिएका कारण यातायात अवरुद्ध भएको छ । तलकोट गाउँपालिका १, सुनिकोटमा सडक भासिएपछि बिहीबार बिहानदेखि यातायात अवरुद्ध भएको हो ।

बझाङ सदरमुकामबाट करिब आठ किलोमिटर उत्तरमा रहेको पक्की सडक भासिएपछि जिल्लाका उत्तरी भेगमा चल्ने सवारी साधन ठप्प भएका छन् । पक्की सडक भासिएपछि नजिकै रहेका केही घरहरू पनि जोखिममा परेका छन् ।
‘बर्खामा नै सडक अलिअलि दब्न थालेको थियो । अहिले पूरै भासिएको छ, सेती लोकमार्ग उत्तर खण्ड (चैनपुर-ताक्लाकोट) सडक कार्यालयका प्रमुख वीरेन्द्र यादवले भने, ‘आठ मिटर जति सडक भासिएको छ । सतहभन्दा झन्डै सात मिटर तलबाट भासिएको देखिएको छ ।’
उनले तत्काल अस्थायी रूपमा मर्मत गर्नका लागि काम सुरु गरिसकेको बताउँदै शुक्रबारसम्म सडक सञ्चालनमा आउन सक्ने बताए । स्थायी रूपमा निर्माण गर्नका लागि ठूलो पर्खाल लगाउनुपर्ने भएकाले अध्ययन भइरहेको उनको भनाइ छ ।
बझाङलाई चीनको ताक्लाकोटसँग जोड्ने यो सडकको ४० किलोमिटरसम्म यातायात सञ्चालन हुने गरेको छ । तलकोट र साइपाल गाउँपालिकाका स्थानीय, साइपाल क्षेत्रमा आउने पर्यटकहरूले यो सडक प्रयोग गर्छन् ।

-बसन्त प्रताप सिंह कान्तिपुर

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज