Advertisement

चुरे गाउँपालिका–२ मा युवा टोलीद्वारा संकलित रकम पीडितलाई हस्तान्तरण

Advertisement

धनगढी- कैलालीको चुरे गाउँपालिका–२ का विभिन्न पीडित परिवारका लागि स्थानीय युवाहरूले सञ्चालन गरेको सहयोग अभियानबाट संकलित रकम हस्तान्तरण गरिएको छ।

मनोज साउद लगायतको युवा टोलीको पहलमा सुरु गरिएको अभियानमार्फत संकलित करिब ६६ हजार रुपैयाँभन्दा बढी रकम आर्थिक अभावमा रहेका तीन घरपरिवारलाई सहयोग गरिएकाे हो। कड्कीरीका करी पार्की, पारु पार्की र छोरा खड्क पार्की परिवारको दयनीय अवस्थालाई मध्यनजर गर्दै सुरु गरिएको अभियानबाट संकलित १७ हजार ७७० रुपैयाँ स्थानीय सरकारको रोहवरमा हस्तान्तरण गरिएको छ। साथै तीनै सदस्यलाई चिसो मौसमका लागि जाकेट समेत वितरण गरिएको थियो।

त्यसैगरी, चुरे गाउँपालिका–२ बन्तपुरका राम साउदका १० वर्षीय छोरा योगेन्द्र साउद गाईबाख्रा चराउन जाँदा भिरबाट लडेर गम्भीर रूपमा घाइते भएपछि उपचारका लागि आर्थिक अभाव भएको परिवारलाई लक्षित गरी अर्को अभियान सञ्चालन गरिएको थियो। ललित दियाकोटी र मनोज साउदको नेतृत्वमा सुरु गरिएको अभियानमार्फत योगेन्द्रको उपचारका लागि २१ हजार ७९१ रुपैयाँ संकलन गरी हस्तान्तरण गरिएको छ।

यस्तै, कड्कीरीकी स्व. टिकाश्वोरी बि.कको परिवारका लागि सञ्चालन गरिएको छुट्टै अभियानबाट जम्मा २६ हजार ७९१ रुपैयाँ ६२ पैसा संकलन भएको थियो। तीमध्ये १७ हजार ४१५ रुपैयाँ पहिले नै हस्तान्तरण गरिएकामा बाँकी ९ हजार ४०० रुपैयाँ हिजो पुनः हस्तान्तरण गरिएको कार्यक्रम संयोजकहरुले बताएका छन्।

सहयोग हस्तान्तरण कार्यक्रम हुकुम साउदको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा वडा सदस्य मनसरा बि.क, नरबहादुर साउद, रास्वपाका युवा नेता प्रेम साउदलगायत स्थानीय युवाहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन दिलिप बोहराले गरेका थिए।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज