Advertisement

केदारस्यूँको भवानी माबिमा खानेपानीकाे हाहाकार, घेरवार नहुँदा सुरक्षामा चुनौती

Advertisement

बझाङ- बझाङको केदारस्यूँ गाउँपलिकामा रहेको भवानी माध्यमिक विद्यालयमा खानेपानी र घेरवारको समस्या भएको छ । केदारस्यूँ गाउँपालिका-१ स्थित डुडिलमा रहेको भवानी माध्यमिक विद्यालयमा लामोसमयदेखि खानेपानी र घेरवारको समस्या भएको हो ।

विद्यालयमा भएको पानी बिग्रेपछि अहिले विद्यालयमा पानीको हाहाकार भएको पाइन्छ । खानेपानी नहुँदा विद्यालयमा अध्यनरत ३ सय ५८ जनाभन्दा बढी विद्यार्थी,शिक्षक र कर्मचारी प्रभावित भएका छन् । २०३३ सालमा स्थापना भएको विद्यालयमा खानेपानी नहुँदा पठनपाठन कार्य पनि प्रभावित हुने गरेको शिक्षक रमेश रावलले जानकारी दिए । पानी अभावका कारण शिक्षक, कर्मचारी,विद्यार्थीलाई शौचालय प्रयोगमा समेत समस्या भएको शिक्षक रावलको भनाइ छ ।

शौचालयमा पनि टाढाबाट पानी बोकेर हाल्नुपर्ने हुदाँ धेरै समस्या हुने गरेको विद्यार्थीहरुको भनाई छ । विद्यालयमा पानी नहुँदा आधा एक घण्टा टाढा पानी खान जानुपर्ने हुदाँ पढाईमा बाधा हुने गरेको कक्षा ९ मा अध्ययनरत छात्रा राधिका बोहराको दुखेसो छ । विद्यालयमा पानी अभावले आफुहरु भन्दा धेरै सानो कक्षामा पढ्ने भाईबहिनीहरुलाई असहज भएको कक्षा १० मा अध्ययनरत छात्र मुकेश धामीले बताए ।

उक्त्त विद्यालयमा पहिले जर्मन विकास सहयोग (जिआइजेठ) संस्थाले ल्याइदिएको पानी अहिले त्यो बिग्रेबाट करिब ३ वर्ष यता पानीको अभाव रहेको छ । विद्यालयमा खानेपानी पानी छैन, पानीका लागि ५ किलोमिटर टाढा जानुपर्ने बाध्यता छ प्रधानाध्यापक दल बहादुर बोहराले भने,विद्यालयको पानी अवरुद्ध भएपछि समुदायको धाराको पानीको प्रयोग गर्दैआएको थियौं,उक्त धारामा समेत पानीको कमी हुनथालेपछि समस्या झन जटिल बनेको हो ।

पानीको समस्या हल गर्नका निम्ति केही समयअघि विद्यालयले गाउँपालिका मार्फत ४ सय मिटर पाइप मागेर पानी सुधार गरेपनि फेरि समस्या उस्तै रहेको छ । पानीको मुहानमा उपयुक्त ट्याङ्की नहुँदा जथाभावी फोहोर ट्याङ्की भित्री र पाइपमा पस्दा बारम्बार पानी अवरुद्ध हुने गरेको विद्यालयले जनाएको छ ।

घेरवार नहुँदा सुरक्षामा चुनौती

विद्यालयमा घेरवार नहुँदा सुरक्षामा समेत चुनौती थपिएको छ । बालकक्षा देखि १० सम्म अध्यापन हुने विद्यालयमा घेरवार नहुँदा जथाभावी रुपमा पशुचौपाय आवतजावत गर्दा समस्या भएको विद्यालय जनाएको छ । त्यस्तै घेरवार अभावकै कारणले भौतिक संरचना तोडफोडको जोखिम समेत तिब्र छ ।
विद्यालय घेरवार विहिन हुँदा दिउँसो जथाभावी पशुचौपाया आवतजावतको कारण पढाइमा समेत बाधा हुने गरेको शिक्षक कमल विकले बताए । उनका अनुसार जथाभावी आवतजावतले सरसफाइमा पनि समस्या थपिएकाे छ ।
विद्यालय स्थापना पश्चात् स्थानीय जनसमुदायले विद्यालयमा घेरवार निर्माण गरेको भएपनि अहिले जिर्ण भएर भत्किदा समस्या थपिएको हाे।

उक्त विद्यालयमा केदारस्यूँ गाउँपालिका-१ र ९ का विद्यार्थी अध्यन गर्ने गरेका छन् । विद्यालयको दयनीय अवस्था बारे सम्बन्धि निकायको ध्यानाकर्षण नभएको स्थानीय जनसमुदायको गुनासो छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज