Advertisement

एनपिएलमा सुदूरपश्चिम रोयल्सको लगातार दोस्रो जित, पोखरा १८ रनले पराजित

Advertisement

नेपाल प्रिमियर लिग (एनपिएलमा) सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गरेको  छ। आज कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछ्याएको पोखराले ८ विकेट गुमाएर  १७५ रन मात्रै बनाउन सक्यो ।
पोखराका लागि कुशल भुर्तेलले ५३ रन र जिम्मी निसमले ४७ रन बनाए आउट हुँदा डान डाउथवैटको ३७ रनको योगफल पर्याप्त हुन सकेन।
विपिन खत्री, सुमित वर्मा,  किरण ठगुन्ना, अभिशेख तिवारी,  दिनेश खरेल र एडम रोसिङ्टनले दोहोरो रन बनाउन सकेनन्।
सुदूरपश्चिमका लागि हर्मित सिंह दुई, हेमन्त धामी, दिपेन्द्रसिंह ऐरी, नरेन साउद, स्कट कुग्गेलेजिन र अविनाश बोहराले समान एक एक विकेट लिए।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमका लागि जोश ब्रोनले सर्वाधिक ६८ रन बनाए। त्यस्तै विनोद भण्डारी ४३, क्रिश लिन ३१,दिपेन्द्र सिंह ऐरी १५, स्कट कुग्गेलेजिन ८, हर्मित सिंह ४ रनमा र आरिफ शेख शून्यमा आउट भए। यस्तै इशान पाण्डे र नरेन साउद क्रमश :६ र ४ रनमा नटआउट रहे।
पोखराका लागि जिम्मी निसम तीन, डान डाउथवैट र आकाश चन्दले समान दुई /दुई विकेट लिए।
पहिलो खेलमा पोखरा विराटनगर किङ्ससँग ५३ रनले हारेको थियो।   यता, सुदूरपश्चिमले अप्रत्यासित प्रदर्शन गर्दै काठमाडौं गोर्खाजविरुद्ध २९ रनको जित निकालेको थियो।
गत संस्करण पोखरा र सुदूरपश्चिमबीच लिग चरणमा एक खेल भएको थियो। जहाँ सुदूरपश्चिमले ५ रनको झिनो अन्तरको जित निकालेको थियो।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज