Advertisement

आज विश्व शौचालय दिवस

Advertisement

काठमाण्डौ– आज विश्व शौचालय दिवस विभिन्न कार्यक्रमसहित मनाइँदैछ। व्यक्तिगत, सामुदायिक, सरकारी तथा गैरसरकारी संस्थाहरूले सरसफाइ सचेतना र पानी–सफाइ सम्बन्धी गतिविधि सञ्चालन गरिरहेका छन्। विद्यालयहरूमा सरसफाइ कक्षा, सार्वजनिक छलफल, नीतिसंवाद र अनुभव आदान–प्रदानजस्ता कार्यक्रम पनि हुँदैछन्।

यो दिवसले सुरक्षित र पर्याप्त खानेपानी उपलब्ध गराउने, खुला दिसापिसाब गर्ने बानी हटाउने र दिगो तथा स्वच्छ सरसफाइ सेवा विस्तार गर्ने सन्देश दिन्छ। सन् २०१३ देखि मनाइँदै आएको विश्व शौचालय दिवसको मुख्य उद्देश्य सबैका लागि पहुँचयोग्य र सुरक्षित शौचालय सुनिश्चित गर्नु हो। यसका साथै पानीको गुणस्तर सुधार, जलस्रोतको दिगो व्यवस्थापन तथा अन्तर्राष्ट्रिय सहकार्य र क्षमता अभिवृद्धिलाई प्रोत्साहन गर्ने लक्ष्य पनि यसमा समावेश छ।

राष्ट्रसंघका अनुसार विश्वभर तीन अर्ब ४० करोड मानिस अझै पनि सुरक्षित रूपमा व्यवस्थित सरसफाइ सेवाबाट वञ्चित छन्। त्यस्तै ३५ करोड ४० लाख मानिस खुला स्थानमै दिसापिसाब गर्न बाध्य छन्। विशेष गरी महिला र बालिकाको सुरक्षाका लागि शौचालयको पहुँच अत्यन्त आवश्यक मानिन्छ।

सरसफाइ र पानीसम्बन्धी मुद्दामा विश्व समुदायलाई जोडदार रूपमा क्रियाशील हुन राष्ट्रसंघले आह्वान गर्दै आएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज