Advertisement

दुर्गाथलिको जाफ्रीमा गैरी क्रिकेट खेल मैदान निर्माण हुँदै, सोमबार सिलान्यास

Advertisement

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका-५ जाफ्रीस्थित गैरी क्रिकेट खेल मैदानको सोमबार एक कार्यक्रमका बीच सिलान्यास गरिएको छ। दुर्गाथलि जनचेतना युवा समाज जाफ्रीको पहलमा गरिएको उक्त सिलान्यास कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्राविधिक टोली, जनप्रतिनिधि, स्थानीय अभिभावक तथा युवाहरूको उपस्थितिमा खेल मैदान निर्माणको औपचारिक सुरुवात गरिएको हो।
स्थानीयको वर्षौँदेखिको सपना साकार पार्नका लागि खेल मैदानका निम्ति जग्गा उपलब्ध गराउने जग्गादाताहरूप्रति विशेष धन्यवाद व्यक्त गर्दै समाजले प्रत्यक्ष–अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्णलाई आभार प्रकट गरेको छ।
समाजका पदाधिकारीहरुले खेल मैदान निर्माणका क्रममा भएका कमी–कमजोरीलाई क्षमा गरी आगामी दिनमा पनि सकारात्मक सहयोग तथा सुझावका लागि अनुरोध गरेका छन्। उनीहरूका अनुसार, “गाउँबासीबीचको एकता र सहकार्य नै विकासको आधार हो, र यसको जीवन्त उदाहरण अहिले निर्माण शुरु भएको खेल मैदान हो।”
गाउँपालिका तथा सरोकारवालाको निरन्तर सहयोगमा निर्माण हुन लागिएको यो मैदानलाई स्थानीयले गाउँ, जिल्ला तथा राष्ट्रिय स्तरको नमुना खेल मैदानका रूपमा विकास हुने विश्वास व्यक्त गरेका छन्। खेलसँगै पर्यटन प्रवर्द्धन, स्थानीय आयआर्जन, आर्थिक विकास र प्रतिभावान खेलाडी उत्पादनमा यसले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
दुर्गाथलि जनचेतना युवा समाज जाफ्रीले सबै पक्षसँग यस ऐतिहासिक योजनालाई सफल बनाउन सहयोग र सहकार्यको निरन्तरता जारी राखिदिन आग्रह गरेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज