Advertisement

मतदाता नामावली संकलनमा जनताको उत्साह बढ्दै

Advertisement

काठमाण्डौ- आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी स्वरूप सुरु गरिएको मतदाता नामावली संकलन तथा अद्यावधिक अभियानमा जनताको सहभागिता क्रमशः बढ्दै गएको छ।

दशैँ, तिहार र छठ पर्वका कारण केही समय सहभागिता कम देखिए पनि पछिल्ला दिनमा मतदाता नाम दर्ता गराउनेको संख्या उल्लेख्य रूपमा बढेको निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार सातै प्रदेश र सबै जिल्लाका निर्वाचन कार्यालयमा दैनिक बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म मतदाता नामावली संकलन र अद्यावधिकको काम भइरहेको छ। असोज ९ गतेदेखि सुरु भएको अभियानअन्तर्गत हालसम्म एक लाखभन्दा बढी नयाँ मतदाता थपिएका छन्।

यो अभियान यस महिनाभर जारी रहनेछ। १६ वर्ष उमेर पूरा गरी नागरिकता लिएका व्यक्तिले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न सक्नेछन्। तर फागुन २१ गते हुने निर्वाचनमा मतदान गर्न चाहनेले भने फागुन २० गतेसम्म १८ वर्ष पूरा गरेको हुनुपर्छ।

नाम दर्ता गर्न सम्बन्धित निर्वाचन कार्यालय वा आयोगले तोकेको दर्ता केन्द्रमा उपस्थित भई नागरिकता प्रमाणपत्रका साथ जैविक विवरण (बायोमेट्रिक) दिनुपर्नेछ। इच्छुकले अनलाइनमार्फत प्रि–रजिष्ट्रेसन (पूर्वदर्ता) पनि गराउन सक्ने व्यवस्था गरिएको छ।

यदि नागरिकता प्रमाणपत्रमा रहेको ठेगाना भन्दा फरक स्थानमा स्थायी बसोबास गरिएको छ भने बसाइँसराइ प्रमाणपत्र वा विवाहपछि नयाँ ठेगानामा आएको हकमा विवाह दर्ता प्रमाणपत्र पेश गर्नुपर्ने आयोगले जनाएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज