Advertisement

एकीकृत समाजवादीमा असन्तुष्टि : हामी फुट होइन, एकता चाहन्छौं- अध्यक्ष बोहरा

Advertisement

बझाङ- नेकपा (एकीकृत समाजवादी) भित्र देखिएको असन्तुष्टि र सम्भावित फुटबारे बझाङको केदारस्युँ गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहराले गम्भीर प्रतिक्रिया व्यक्त गरेका छन्।

फेसबुकमार्फत विचार व्यक्त गर्दै उनले नेपाली कम्युनिस्ट आन्दोलन केवल विचारको इतिहास नभई “रगत, आँसु, जेल, बन्दूक, भूमिगत जीवन र हजारौं बलिदानको इतिहास” भएको उल्लेख गरेका छन्।

उनका अनुसार हाल देखिएको विवाद केवल एउटा दलको संकट होइन, सम्पूर्ण वाम आन्दोलनकै भविष्यसँग जोडिएको चिन्ताको विषय हो। बोहराले पार्टी नेतृत्वबीच गहिरो सहमति, समन्वय र आत्मसमिक्षा हुनुपर्ने आवश्यकता औंल्याए।

“माओवादीसँग एकता गर्ने कि एमाले फर्कने भन्ने नाममा तल्लो तहका कार्यकर्ताबीच कटाक्ष र दोषारोपण हुनु दुर्भाग्यपूर्ण हो,” उनले लेखेका छन्, “यस्तो प्रवृत्तिले हामीजस्ता इमानदार कार्यकर्ता र कम्युनिस्ट आन्दोलनप्रति समर्पित युवाको मनोबल कमजोर पार्दैछ।”

बोहराले आफू र सहकर्मी कार्यकर्ताहरूले पद वा शक्ति नभई विचार, चरित्र र भविष्य सुरक्षित गर्ने नेतृत्व खोजिरहेको स्पष्ट पारेका छन्।

उनले अगाडि लेखेका छन्, “हामी फुट होइन, एकीकृत र अनुशासित कम्युनिस्ट आन्दोलन चाहन्छौं। हामी अझै पनि समाजवादको यात्रामा अडिग छौं, संघर्षको बाटोमा थाकेका छैनौं, निराश छैनौं, हार मानेका छैनौं।”

उनको भनाइअनुसार, कार्यकर्ताहरू अझै पनि वाम एकता र समाजवादी आन्दोलनको भविष्यप्रति विश्वास राख्दै संगठित, सचेत र अडिग रूपमा उभिएका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज