Advertisement

नर्स निरन्तर आन्दोलनमा, छैन सहमतिको संकेत

Advertisement

 

नर्स निरन्तर आन्दोलनमा, छैन सहमतिको संकेत

कास्की —सरकारीसरह पारिश्रमिक माग गर्दै पोखराका दुई ठूला निजी अस्पतालका नर्स केही दिनदेखि आन्दोलित छन् । पोखरा फूलबारीस्थित मणिपाल शिक्षण अस्पतालका नर्स २४ असोज र नयाँबजारस्थित गण्डकी मेडिकल कलेज (जीएमसी) का नर्स २६ असोजदेखि आन्दोलनमा छन् । नागढुंगास्थित चरक मेमोरियल हस्पिटलका नर्स पनि शनिबारदेखि आन्दोलनमा उत्रिएका छन् ।

पारिश्रमिकको विषयले नर्सिङ एसोसिएसन नेपाल र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) गरी दुई छाता संगठन आमनेसामने भएका छन् । नर्सिङ संघ सरकारले गरेको परिपत्रअनुसार सरकारीसरह सुविधा दिनुपर्ने पक्षमा छ भने अफिनले त्यो कुनै पनि हालतमा सम्भव नहुने बताइरहेको छ ।

नर्सहरूले पम्प्लेट बोकेर श्रमको मूल्य मागेको १० दिन बित्दा पनि सहमतिको कुनै संकेत छैन । पोखरामा नर्सिङ संघ सहभागी भएर हालसम्म कुनै वार्ता नभएको नर्सिङ एसोसिएसन कास्की अध्यक्ष मुना सिलवालले बताइन् । मणिपालमा हुने वार्तामा त्यहीँका नर्स सहभागी हुँदै आएका छन् । जीएमसीमा वार्ता नै भएको छैन ।

अदक्ष जनशक्तिलाई न्यूनतम दिनुपर्ने पारिश्रमिक दक्ष जनशक्तिलाई पनि दिने विषय असह्य भएको उनले बताइन् । ‘प्राइभेटमा चरम श्रमशोषण छ । सबै ठाउँमा त्यही अवस्था छ,’ सिलवालले भनिन्, ‘प्राविधिक विषय पढेर, परीक्षा दिएर, पास भएर संसारभर खपत हुने जनशक्तिलाई अदक्ष श्रमिको जस्तो १९ हजार तलब दिने विषय असह्य भयो । यो पीडा सोच्नै सकिँदैन ।’ पोखराका अस्पतालसँग कुनै वार्ता नभएको र केन्द्रबाट गर्ने सर्कुलरअनुसार अघि बढ्ने उनले बताइन् ।

Advertisement

मणिपालमा साढे ३ सय र जीएमसीमा करिब ३ सय नर्स कार्यरत छन् । नर्स आन्दोलित बनेपछि दुवै अस्पतालले वार्डका बिरामीको अवस्था हेरेर कतिलाई घर पठाएका थिए भने कतिलाई अन्य अस्पताल रेफर गरे । पोखरामा यी दुई निजी अस्पतालमा मात्र सरकारको स्वास्थ्य बिमा कार्यक्रम लागू छ । त्यसैले पनि यहाँ बिरामीको चाप बढी हुन्छ । दुवै अस्पतालको ओपीडी सञ्चालनमै छ । नयाँ बिरामी भर्ना गरेका छैनन् । भर्ना गर्नुपर्ने बिरामीलाई अन्य अस्पतालमा जान सुझाव दिएर पठाइएको छ

बिमा चल्ने दुवै ठूला अस्पतालको सेवा प्रभावित भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिरामीको चाप बढेको छ । निजी अस्पतालमा उपचार गराउन सक्ने बिरामीलाई समस्या नपरे पनि दुवै अस्पतालको सेवा तत्काल सुरु नभए बिमाका बिरामी मर्कामा पर्नेछन् । दुवै अस्पतालको सेवा प्रभावित भएपछि र पश्चिमाञ्चलले चाप बढी हुँदा भर्ना हुनुपर्ने बिमाका बिरामी वीर र त्रिवि शिक्षण अस्पताल पठाउनुपर्ने बाध्यता छ ।

नर्सका सबै माग पूरा गर्न अस्पताल सञ्चालक तयार छैनन् । मणिपालले नर्सलाई २४ देखि २९ हजार रुपैयाँसम्म दिने भनेर प्रस्ताव गरेको थियो । त्यसमा पनि नर्सहरू तयार छैनन् । अफिनको पहलमा मणिपालमा नर्ससँग वार्ता भएको थियो । तर, त्यसमा पनि कुनै सहमति जुट्न नसकेको अफिन गण्डकी अध्यक्ष कपिल पोखरेलले बताए ।

मणिपाल र गण्डकीबाट दैनिक १ हजार २ सय बिरामीले सेवा लिन्छन् । दुवै निजी अस्पतालका सञ्चालक हालभन्दा सेवा सुविधा थप गर्न तयार रहे पनि सरकारीसरह दिन नसक्ने बताइरहेका छन् । मणिपालले योग्यता र अनुभवका आधारमा चार फरक–फरक तलब दर कायम गरिने प्रस्ताव गरेको थियो ।

अस्पतालले कम्तीमा एक वर्ष अनुभव भएका स्नातक पूरा गरेका नर्सलाई मासिक २९ हजार ५ सय ८७, कम्तीमा एक वर्ष अनुभव भएका पीसीएल स्टाफ नर्सलाई २८ हजार ५ सय ८७, एक वर्ष अनुभव र सीएमए/एएनएम गरेकालाई २६ हजार ५ सय ८७ र नयाँ नर्सिङ स्टाफलाई २४ हजार २ सय ८७ रुपैयाँ दिने प्रस्ताव गरेको थियो । नर्सहरूले भने सरकारी पाँचौंसरह अर्थात् ४० हजार आसपास हुनुपर्ने भन्दै आन्दोलन फिर्ता लिइसकेका छैनन् । मणिपाल र जीएमसीका नर्सले हाल १५ देखि २० हजार रुपैयाँ मासिक पारिश्रमिक पाउँदै आएका छन् ।

मणिपाल मेडिकल कलेजका सञ्चालक नारायण पौडेल सरकारले निजी अस्पतालले दिनुपर्ने सेवा सुविधा तोक्नु ठीक नभएको बताउँछन् । श्रम ऐनअनुसार न्यूनतम दिनुपर्नेबाहेक पारिश्रमिकको विषय सरकारले तोक्न नहुने उनको भनाइ छ । ‘संविधानअनुसार स्वास्थ्य निःशुल्क हुनुपर्ने हो । सरकारले डाक्टर, मेसिन पठाउने सरकारी अस्पतालमा त्यस्तो छैन,’ उनले थपे, ‘हामीले त जोखिम मोलेर लगानी गरेका छौं । कसरी सरकारले भनेजस्तो सबै सम्भव हुन्छ ?’ बिमाका बिरामीलाई स्वास्थ्य बिमाबाटै अन्यसरह दिइएको सुविधा, निजी क्षेत्रले गरेको लगानीबारे सोच्न उनले सरकारलाई आग्रह गरे ।

सरकारले नर्सिङ स्वास्थ्यकर्मीको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न आइतबार समिति गठन गरेको छ । स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्रा. डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय समिति गठन गरिएको हो । समितिमा गृह, अर्थ, श्रम, शिक्षा मन्त्रालय, नेपाल नर्सिङ परिषद्, नेपाल नर्सिङ, नेपाल मेडिकल तथा डेन्टल कलेज एसोसिएसन्स, अफिन, आन्दोलनरत नर्सका प्रतिनिधि पनि छन् । समितिले तत्काल र दीर्घकालीन रूपमा समस्या समाधानका लागि गर्नुपर्ने कामका विषयमा सुझावसहितको प्रतिवेदन दिनुपर्ने समितिको कार्यादेश छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार आइतबार अबेर साँझ सकिएको वार्तामा हाललाई नर्सहरू काममा फर्किने र त्यसको वातावरण निर्माण गर्न तीन सदस्यीय समिति बनाउने सहमति भएको छ । यसका साथै तिहार सकिएको सात दिनभित्र कार्यदलले सुझाव दिने र सो सुझावका आधारमा मन्त्रिपरिषद्बाट थप निर्णय हुनेछ । ‘नर्सहरूले उठाएको माग पूरा गर्नुपर्छ त्यसमा कुनै दुईमत नै छैन । यसका लागि निजी अस्पतालहरूले उठाएको विषयमा पनि छलफल गर्नैपर्छ । कार्यदलको सुझाव आएपछि कसरी अघि बढ्ने भन्ने टुंगो लाग्छ,’ उनले भने ।

उता एसोसिएसन अफ मेडिकल एन्ड डेन्टल कलेज नेपाल तथा एसोसिएसन अफ प्राइभेट हस्पिटल्स इन नेपाल (अफिन) ले संयुक्त विज्ञप्ति जारी गर्दै मन्त्रालयमा कार्यदलको बैठक बसिरहेकै स्थानमा उपस्थित आन्दोलनरत नर्सहरूबाट अपमानजनक प्लेकार्डहरू प्रदर्शन गरिएको भन्दै असन्तुष्टि पोखेका छन् । दुवै संस्थाले अहिलेको अवस्था सिर्जना हुनुमा राज्य पक्षकै कमजोरी रहेको औंल्याएको छ । ‘सरकारले समयमै दिगो नीति, समान व्यवहार र स्पष्ट कार्यविधि नल्याएकै कारण यस्तो अप्रिय परिस्थिति उत्पन्न भएको हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाको सम्पूर्ण जिम्मा राज्यले नै लिनुपर्छ ।’

प्रतिक्रिया

छुटाउनुभयो कि ?

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज