Advertisement

विपिन जोशीको अन्तिम विदाइ आज

Advertisement
विपिन जोशीको अन्तिम विदाइ आज

कञ्चनपुर । हमासको नियन्त्रणमा रहेकै अवस्थामा मारिएका नेपाली विद्यार्थी कञ्चनपुरका विपिन जोशीको आज अन्त्येष्टी गरिदैछ । आज बिहान ८ बजे महेन्द्रनगरस्थित घरबाट शवयात्रा सुरु गरी महाकाली आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभयो ।

दाहसंस्कारमा नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बास समेत सहभागी हुने बताइएको छ ।

विपिनको शव सोमबार राति सवा आठ बजे कञ्चनपुरको महेन्द्रनगरस्थित घरमा पुर्‍याइएको हो । सोमबार दिउँसो फ्लाई दुबईको उडानमार्फत विपिनको शव काठमाडौँ ल्याइएको थियो । विपिनको शवलाई प्रधानमन्त्री सुशीला कार्की तथा मन्त्रीहरूसहित सरकारका उच्च अधिकारीहरूले विमानस्थलमा पुगेर श्रद्धाञ्जली दिनु भएको थियो ।

विपिनको शवलाई सोमबार अपराह्न नेपाली सेनाको स्काई ट्रकमार्फत धनगढी पठाई धनगढीबाट शव वाहनमार्फत कञ्चनपुरको महेन्द्रनगरस्थित घरसम्म पुर्‍याइएको हो । धनगढी विमानस्थलमै नेपाली सेनाले औपचारिक रूपमा परिवारका सदस्यलाई शव हस्तान्तरण गरेको थियो ।

हमासले ७ अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गर्दा विपिनलाई बन्धक बनाइ लगिएको थियो । दुई वर्षसम्म विपिनको स्थिति अज्ञात रहेकोमा गत असोज २७ गते विपिनको मृत्यु भएको पुष्टि गरिएको थियो । हमासले इजरायलमा आक्रमण गर्दा पहिलो दिनमा मात्रै १० नेपाली विद्यार्थीसहित करिब १ हजार २ सयको मृत्यु भएको थियो । विपिनसहित २ सय ५१ जनालाई हमासले नियन्त्रणमा लिई बन्धक बनाएको थियो ।

अमेरिकाको सहजीकरणमा युद्ध विराम भएपछि विपिन सकुशल छुट्ने अपेक्षा गरिएको थियो । तर, जोशीको मृत्यु भइसकेको जानकारी हमासले दिएको भन्दै इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले नेपाल सरकार, जोशीको परिवार र इजरायलस्थित नेपाली दूतावासलाई जानकारी गराएको थियो ।

गत सोमबार हमासले विपिनको शव इजरायललाई हस्तान्तरण गरेको थियो । इजरायल सरकारले विपिनका परिवारलाई आफ्नो नागरिकले पाउने सेवा सुविधा उपलब्ध गराउने जानकारी गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कान्तिपुर

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज