Advertisement

विपिन जोशीको मृत्यु भएको पुष्टि, शव हमासबाट इजरायललाई हस्तान्तरण

Advertisement

प्यालेस्टिनी लडाकु समूह हमासले नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु भएको पुष्टि गर्दै उनको शव सोमबार इजरायललाई हस्तान्तरण गरेको छ।
बिबिसीले हमासलाई उद्धृत गर्दै सार्वजनिक गरेको समाचारअनुसार, सोमबार हमासले इजरायललाई हस्तान्तरण गरेका चार शवमध्ये एक विपिन जोशीको पनि रहेको छ। अन्य शवहरूमा गाइ इलौज, यासी सारबी र डानिल पिरेजको नाम समावेश छ।
सोही दिन हमासले २० जना जीवित इजरायली बन्धकहरूलाई अन्तर्राष्ट्रिय रेडक्रसमार्फत इजरायल सरकारलाई जिम्मा लगाएको थियो। त्यसपछि बाँकी २८ जनाको शव हस्तान्तरण गरिने जनाएको थियो।
विपिन जोशी २०२३ अक्टोबर ७ मा हमासले इजरायलको दक्षिण क्षेत्रमा आक्रमण गर्दा बन्दी बनाइएका थिए। उनले त्यसअघि करिब एक महिना अघि मात्रै सिक एन्ड अर्न कार्यक्रम अन्तर्गत कृषि अध्ययनका लागि इजरायल पुगेका थिए।
त्यो घटनामा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने छ जना घाइते भएका थिए।
सो आक्रमणको समयमा विपिनले आफ्ना घाइते साथीलाई जोगाउने प्रयास गर्दा हमासले उनलाई अपहरण गरेको दृश्य भिडियो फुटेजमा कैद भएको थियो।
इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार, इजरायली सुरक्षा निकायले विपिन जीवित रहेको कुनै प्रमाण नभएको जानकारी उनी र विपिनका परिवारलाई दिइसकेको थियो।
विपिन जोशी ८८२०५७ सालमा बैतडीको पुर्चौडी नगरपालिका–१० (तत्कालीन विजयपुर गाविस)८८मा जन्मिएका थिए। उनी बुबा महानन्द जोशी र आमा पद्मा जोशीका एकमात्र छोरा हुन्।
दुई वर्षदेखि चलिरहेको इजरायल–हमास युद्ध रोकिएपछि, हमासले हालसम्म ४८ जना बन्धकमध्ये २० जना जीवितलाई रिहा गरेको छ। ती सबैलाई इजरायली सरकारले उपचार र आवश्यक सहयोगको व्यवस्था गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
यो युद्धविराम प्रक्रियामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विशेष भूमिका निर्वाह गरेका बताइएको छ। उनले इजरायल पुगेपछि बन्धकका परिवारसँग भेटवार्ता पनि गरेका थिए।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज