Advertisement

विपिन जोशीको मृत्यु भएको पुष्टि, शव हमासबाट इजरायललाई हस्तान्तरण

Advertisement

प्यालेस्टिनी लडाकु समूह हमासले नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु भएको पुष्टि गर्दै उनको शव सोमबार इजरायललाई हस्तान्तरण गरेको छ।
बिबिसीले हमासलाई उद्धृत गर्दै सार्वजनिक गरेको समाचारअनुसार, सोमबार हमासले इजरायललाई हस्तान्तरण गरेका चार शवमध्ये एक विपिन जोशीको पनि रहेको छ। अन्य शवहरूमा गाइ इलौज, यासी सारबी र डानिल पिरेजको नाम समावेश छ।
सोही दिन हमासले २० जना जीवित इजरायली बन्धकहरूलाई अन्तर्राष्ट्रिय रेडक्रसमार्फत इजरायल सरकारलाई जिम्मा लगाएको थियो। त्यसपछि बाँकी २८ जनाको शव हस्तान्तरण गरिने जनाएको थियो।
विपिन जोशी २०२३ अक्टोबर ७ मा हमासले इजरायलको दक्षिण क्षेत्रमा आक्रमण गर्दा बन्दी बनाइएका थिए। उनले त्यसअघि करिब एक महिना अघि मात्रै सिक एन्ड अर्न कार्यक्रम अन्तर्गत कृषि अध्ययनका लागि इजरायल पुगेका थिए।
त्यो घटनामा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने छ जना घाइते भएका थिए।
सो आक्रमणको समयमा विपिनले आफ्ना घाइते साथीलाई जोगाउने प्रयास गर्दा हमासले उनलाई अपहरण गरेको दृश्य भिडियो फुटेजमा कैद भएको थियो।
इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार, इजरायली सुरक्षा निकायले विपिन जीवित रहेको कुनै प्रमाण नभएको जानकारी उनी र विपिनका परिवारलाई दिइसकेको थियो।
विपिन जोशी ८८२०५७ सालमा बैतडीको पुर्चौडी नगरपालिका–१० (तत्कालीन विजयपुर गाविस)८८मा जन्मिएका थिए। उनी बुबा महानन्द जोशी र आमा पद्मा जोशीका एकमात्र छोरा हुन्।
दुई वर्षदेखि चलिरहेको इजरायल–हमास युद्ध रोकिएपछि, हमासले हालसम्म ४८ जना बन्धकमध्ये २० जना जीवितलाई रिहा गरेको छ। ती सबैलाई इजरायली सरकारले उपचार र आवश्यक सहयोगको व्यवस्था गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
यो युद्धविराम प्रक्रियामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विशेष भूमिका निर्वाह गरेका बताइएको छ। उनले इजरायल पुगेपछि बन्धकका परिवारसँग भेटवार्ता पनि गरेका थिए।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज